
उदयपुर,वैशाख १२ गते ।
उदयपुरको रौतामाई गाँउपालिका ७ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ११ गते राति पौने ९ बजे अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा गाईघाटबाट नेपालटार तर्फ जाँदै गरेको प्र ३ –०२ –०१३ प ३३८४ नम्बरको मोटरसाईकलमा सवार उदयपुर उदयपुरगढी ७ का २६ वर्षीय सन्तोष मगरको साथबाट लुकाई छिपाई ल्याएको २ थान भरूवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका मगरको जिल्ला प्रहरी कार्यलय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।