
विराटनगर । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २३ गते अस्थायी प्रहरी चौकी अमरहाट सुनसरीबाट खटिएको प्रहरी टोलिले धरान उप महानगरपालिका ४ स्थितबाट बा ०२ –०३५ प १५३४ नम्बरको स्कुटर चालक धनकुटा नगरपालिका ४ का २३ बर्षीय रोशन श्रेष्ठ र पछाडि सवार २४ बर्षीय निरज घिमिरेलाई पक्राउ गरेको छ ।
निजहरुको साथमा १६ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी झापाको मेचिनगर नगरपालिका ६ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरी टोलीले मोरङको शनिश्वरे नगरपालिका ६ का ३० बर्षीय इश्वर भुजेल र उनको श्रीमती ३८ बर्षीया शान्ती आङ्देम्बे भुजेललाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने बिराटनगर १५ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलिले सुनसरी इटहरी उप महानगरपालिका ९ का २५ बर्षीय निशान चौधरीलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी उदयपुरको त्रियुगा नगरपालिका ४ का ३० बर्षीय सरोज कुमार सार्कीलाई एम्पुल १७ वटा, सिरिन्ज १ थान सहित पक्राउ गरेको छ ।