
विराटनगर । अज विराटनगरमा प्रेस सेनटर नेपाल कोशी प्रदेश समितिको आयोजनामा स्वागत होटलमा राजनीतिक परिर्वतन जनयुद्ध विषयक अन्तरकृया गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा माऔवादी पार्टीका केन्द्रय सदस्य हरिवोल गजुरेलले झिजोको दिनमा हामीले निरन्कुस सत्ता परिवर्तन गर्नकोलागी युद्धमा हत्यार वोकेर राज्य संग भिडयौ र देशमा २ सय ४ वर्ष सम्मको निरन्कुताको अन्त गरियो । हामीले गरेको जनयुद्धमा कति कोको मारीए कोको अपाङ भए कोको सहिद भए आज ति सहिदकै वलिदानको कारण आज आम जनताले लाभ प्राप्ता गरेको वताउनु भयो । पहिलो पटकको निर्वाचनमा माऔवादी सवै पार्टी भन्दा ठुलो पार्टीको रुपमा आयो त्यतिवेला राम्रा काम योजनाहरु पास गरियो । पछिलो समयमा हामी आफै कमजोड भयो । हामीलाई अरुकसैले कमजो वनाएका होईन हामी आफनै पाटी भित्रका नेताहरुको कारणले कमजोड भएको स्मरण गराउनु भयो ।
हामी कमजोठ भएकै कारण हामीलाई हत्यारा भन्न थालेका छन भने । कार्यक्रममा नेकपा एमालेका मोरङ जिल्ला सदस्य तथा पुर्व ईन्सेक प्रमुख सोमराज थापाले जनयुद्धको समयमा मलै धेरै माऔवादी कार्यक्रताहरुको ज्यान जोगाउने काम गरेर स्मरण गरे । त्यतिवेल राज्य पक्षका प्रहरी सेनाले कारागार वाट जिल्ला प्रहरी कार्यालयको हिरासतवाट गाडीमा हालेर वाही खोलाको वगरमा लाने र त्यहा भिडन्तममा मारिए भनेरमार्ने गरेको घटना वताए । तर आफुले यसतो घटना कहिले हुन नदिएको प्रहरीको पछिपछि हिनेकै कारण धेरैको ज्यान जोगाएर वताए । नेपाल पत्रकार महासंग कोश िप्रदेशका पुर्व अध्यक्ष लिलावल्लभ घिमिरेले उतm कार्यक्रममा माऔवादीहरुले १७ हजार मानिसलाई मार्नु जरुरी नरहेको वताए ।
उनको घिमिरेको अनुसार हिन्सात्मक लडाई नलडेर वैचारीक लडाई लडनु प¥यो जसको कारण १७ हजारको ज्यान जादैन थियो । त्यसैगरी कानुन व्यवसायी अधिवक्ता कला त्रितालले अन्तरक्रियामा वोल्दै हिजो जन्युद्धमा महिलाहरु भाग लिईवन्दु उठाएकै कारण आज नेपाल आरमीमा महिलालाई पनि भर्ना गर्न थालेको छ । माऔवादीको पार्टीमा महिलाले हत्यार चलाउन सक्छ भने नेपाल आरमीमा किन सक्दैन भनेर धमाधम भर्ना गर्न थाले । एउटी महिलाले हत्यार चलाउन सक्छै भने महिलाले देश किन चलाउन नसक्ने भनेर नेपालमा हिलो पटक महिलालाई राष्ट्रपती वनाए । हिजोको दिनमा मानव अधिकार मत्र थियो । आज मधेशी आयोग छ , आज मुस्लीम आयोग छ , महिला आयोग जस्ताको विकास भयो । यो जनयुद्धकै असर हो ।
त्यसैगरी घाईतेको तर्फवाट जनयुद्धको वेला अपाङ भएका राम कार्कीले आफु जनयुद्ध लडदालदै भिडन्तमा आफु अपाङभएको वताए पनि मलाई कुनै पश्ताप नभएको वताए । तर हामी जस्ता सयौं जना युद्धमा घाईते , अपाङ भए , हाम्रे कारणले देशमा सत्ता परिवर्तन भयो । हामीले रोपेको वोटवाट फलेको फल मिठो मानेर खाने तर हामीलाई हत्यार भन्ने र सरकारले हामी जस्तालाई औषधी उपचारसमेत नगरेको वताए । अहिलेपनि हामीले आफनो शरिर भरि गोली वोकेका छौ । सरकारले सहयो गर्न सक्दैन भने अपमान पनि नगर भन्ने विचार व्यतm गरेका थिए । अन्तरक्रियामा प्रध्यापक कृष्ण पोखरेलले जनयुद्धको परिभाषा र यसको ईतिहासकोवारेमा व्याखया गरेका थिए । कसैले युद्धलाई जनयुद्ध भन्ने , कसैले महायद्ध भनने , कसैले क्रान्ति भन्ने । युद्ध गर्दा हिनसात्मक हत्यार प्रयोग गरिन्छ । क्रान्ति गर्दा विचारको राजनिती हुन्छ । पोखरेलले विभिन्न विदवानहरुको भनाई र विरहरुको वारेमा व्याख्या गरेका थिए । स्वागत मन्तवय नेपाल पत्रकार महासघ कोशी प्रदेशका पुर्व महासचिव विवेक गोतमले आफना विचर व्यतm गरेका थिए ।