
विराटनगर, फागुन १ गते । कोशी प्रदेश सरकारले केही दिन अगाडी आमसञ्चर विधेक सार्वजनिक गर्ने भए पछि र उतm विधेका पत्रकारलाई दण्ड ,सजाय , सञ्चरमाध्यम समेत खारेज गर्ने कडा कानुन ल्याउने लगभग तयारी अवस्था पुगे पछि कोशी प्रदेशका प्रत्रकारहरु वल्ल जुरमुराएका छन ।
आज विहिवार विराटनगरमा एक होटलमा कोशी प्रदेशका माननीय विभिन्न पार्टीका प्रमुख सचेतकहरुलाई वोलाएर एक अन्तरक्रियाकार्यक्रम गरि विधेकमा भएको कमजोडी तुरिटीहरुलाई सच्यार विधेयक पास गर्न पत्रकारहरुले पार्टीका प्रमुख सचेतकहरुसंग हारगुहार मागेका थिए । विधेयक जस्ताको त्यस्तै पास हुनेहोभने धेरै पत्रकारहरु जेल जानु पर्ने पत्रिका वन्द गर्नु पर्ने अवस्था अउनु सक्छ भन्ने पत्रकारहरुको मान्यता रहेको छ ।
अन्रक्रिया कार्यक्रममा नेकपा एमालेक प्रमुख सचेतक मानीय विदुर लिङदेन ,नेपाली काँग्रेसका प्रमुख सचेतक माननीय गोपाल तामाङ , नेकपा माओवादीका प्रमुख सचेतक माननीय गीता तिम्सिना , नेपाली काग्रेसका नेता तथा पुर्व आनतरिक तथा कानुन मन्त्रालयका मन्त्री शम्सेर राई र नेकपा एमालेका माननीय जय प्रकास चोधरीको उपस्थ्तिी रहेको थियो । विधेकको कमिकमजोडीको वारेमा नेपाल प्रत्रकार महासंघ कोशी प्रदेशका पुर्व महासचिव विवेक गोतमले प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी वेधेकको विरुधमा वोलनेमा नेपाल पत्रकार महसंघ कोशी प्रदेशका पुर्व अध्यक्ष लिलावल्लभ घिमिरे , नेपाल पत्रकार महासंघका वर्तमान केन्द्रीय सदस्य शंकर खरेर ,कोशी प्रदेश मुख्य मन्त्रीका प्रेस सललाहकार तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका पुर्व अध्यक्ष विक्रम लुईटेल , वन्धु पोखरेल , कोशल निरोला , यज्ञ शर्मा लगायत उक दर्जन भन्दा वढी पत्रकारहरुले सञ्चर विधेक पत्रकरकोलागी घातक रहेको र यसलाई सुधार गरिदिनहुन आधादर्जन माननीयहरुलाई पत्रकारहरुले हातजोडेर आग्रह गरेका थिए ।