जुवा तास खेल्ने १२ जनाको समुह पक्राउ

 

विराटनगर, फागुन ४ गते । उदयपुरको त्रियुगा नगरपालिका(१३ स्थितबाट जुवा तास खेल्ने १२ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०३ गते अपरान्ह साढे ४ बजे स्थानीय ४५ बर्षीय राम प्रसाद राईको घरमा जुवा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अवस्थामा घर धनी राम प्रसाद राई, ५० बर्षीय चिरञ्जिवी राई, त्रियुगा ४ का ५२ बर्षीय तिलक बहादुर बुढाथोकी, त्रियुगा ८ का ७५ बर्षीय मदन राउत, त्रियुगा ७ का ४५ बर्षीय रीत वहादुर राउत, ६२ बर्षीय जाल बहादुर मगर, त्रियुगा १६ का २७ बर्षीय कुमार कार्की, त्रियुगा १२ का ३४ बर्षीय राजिन्द्र राई, रौतामाई गाउँपालिका ३ का ३५ बर्षीय राज कुमार कटुवाल, ३५ बर्षीय वालकृष्ण राई, ३० बर्षीय निरज कटुवाल र सप्तरी सम्भुनाथका २२ बर्षीय राकेश चौधरीलाई फेला पारी नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाको खालबाट नगद ३ लाख १ सय ८० रुपैयाँ, ३ बुक तास र जुवा, २२ वटा कौडा समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।