
विराटनगर , फागुन ७ गते । मोरङमा श्रावन देखि माघ महिना सम्म गरि जम्मा ६ महिनामा सवारी दुर्घनामा परि ७८ जनाको मृत्यु भएको जिल्ला ट्राफीक कार्यालयले जानकारी गराएको छ ।
जसमा सवै भन्दा वढी सवारी दुर्घटना मोटरसाईकलवाट हुने गरेको रेकडमा देखिन्छ । श्रावन देखि हाल सम्म १ हजार १ सय ७१ वटा मोटर साईकल दुर्घटनामा सामेल रहेको देखिन्छ । श्रावन महिनामा जम्मा १ सय ९६ वटा दुर्घटना हुदा २ सय ९८ वटा सवारी साधन संलग्न भई ११ जनाको मृत्यु भएको थियो भने २८ जना शतm घाईते भएको थियो । श्रावन महिनामा सवै भन्दा वढी १ सय ९७ वटा मोटर साईकलको संलग्ता रहेको थियो । त्यसैगरी भाद्र महिनमा जम्मा १ सय ९९ वटा दुर्घटना हुदा ३ सय ६ वटा सवारी साधनको संलग्ता भई ८ जनाको मृत्यु भएको थियो भने २८ जनाको शतm घाईते भएको थियो । अशोज महिनामा १ सय ७७ वटा सवारी दुर्घटना भएको थियो जसमा ११ जनाको मृत्यु भएको थियो । अशोज महिनामा सवारी दुर्घटनामा २ सय ८७ वटा सवारी साधनको संलग्ता रहेको थियो जसमा २४ जना शतm घाईते भएको थियो । सवै भन्दा वढी मोटर साईकल १ सय ७८ वटा मोटरसाईकलको संलग्ता रहेको थियो । कार्तिक महिनामा १ सय ६८ वटा सवारी दुर्घना हुदा ६ जनाको मृत्यु भएको थियो भने उतm दुर्घटनामा २ सय ५४ वटा सवारी साधनको संलग्ता रहेको थियो ।
जसमा सवै भन्दा वढी १ सय ६७ वटा मोटर साईकलको संलग्ता रहेको थियो । कार्तीक महिनामा मात्र दुर्घटनावाट मोरङ जिल्लामा ६ जनाको मृत्यु भएको थियो भने २५ जना शतm घाईते भएको थियो । मंसिर महिनामा १ सय ६८ वटा सवारी दुर्घटना हुदा जम्मा २ सय ५१ वटा सवारी साधनमा संलग्ता रहेको थियो भनेसवै भन्दा वढी १ सय ४३ वटा मोटर साईकलको संलग्ता रहेको थियो । मंसिर महिनामा दुर्घटनामा परि मोरङ जिल्लामा २२ जनाको मृत्यु भएको थियो भने २५ जना शत घाईते भएको थियो । पुष महिनामा १ सय ८८ वटा दुर्घटना हुदा जम्मा २ सय ७० वटा सवारी साधनको संलग्ता भएको थियो । जसमा सवै भन्दा वढी १ सय ७१ वटा मोटर साइकलको संलग्ता रहेके थियो । उतm दुर्घटनाम १४ जनाको मृत्यु भएको थियो भने २१ जना शतm घाईते भएको थियो । माघ महिनामा १ सय ४७ वटा सवारी दुर्घटना हुदा २ सय २१ वटा सवारी साधनको संलग्ता रहेको थियो भने सवै भन्दा वढी १ सय ३१ वटा मोटर साईकलको संलग्ता रहेके थियो । जसमा ६ जनाको मृत्यु भएको थियो भने १२ जन शतm घाईते भएको थियो भन्ने जनकारी जिल्ला ट्राफिक कार्यालले दिएको हो ।