
- विराटनगर , फागुन ७ गते । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारी राष्ट्रिय समाचार समिति लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना अनुसार रुपान्तरण भएको बताउनु भएको छ। आज बिराटनगरमा राष्ट्रिय समाचार समिती रासस को ६४ औ वार्षिकोत्सब एंव पुरस्कार समर्पण समारोहमा मन्त्री भण्डारी यस्तो बताउनु भएको हो। उहाँले प्रजातन्त्रको घाँटी निमोटिएको र राजाको एकतन्त्रीय ब्यवस्थाको बेला र समाचारलाई नियन्त्रण र निर्देशित गर्न रासस संस्थाको जन्म भएको थियो । त्यही बेला समाचार सम्प्रेषण गर्दा सकारात्मक समाचार मात्र सम्प्रेषण गरेको देखिन्थियो। तर आज उक्त संस्थाले लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावना अनुरुप अहिले यो संस्था पूर्ण रुपमा रुपान्तरण भएर अगाडी बढेको मन्त्री भण्डारी बताउनुभयो।
मन्त्री आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका मन्त्री नभण्डारी कोशि प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चार बिधेयक सकेसम्म मिडिया मैत्री बनाउने बताउनु भयो। राससको ६४ औ वार्षिकोत्सब एंव पुरस्कार समर्पण समारोहमा ३ जना राससकर्मिलाई नगद सहित दोसल्ला र कदर पत्रले सम्मान गरेको थियो । कार्यक्रममा संगिता राईलाई उत्कृष्ट समाचारदाताको रूपमा नगद रु २० हजार सहित सम्मान गरेको थियो भने बासु रिमाल यात्रु स्मृति पुरस्कार तर्फ मोहमद सदरुल रासस कोशी प्रदेश कार्यालयका प्रमुखलाई नगद रु ७ हजार ७ सय ७५ र आलेख लेखन तर्फ चन्द्र कला भण्डारीलाई नगद रु १० हजार सहित सम्मानपत्रले सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । सम्मानित पत्रकारहरूलाई नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठक, कोशी प्रदेशकी महासचिव हेमा चुमजुङलगाईले शुभकामना व्यक्त गर्नुभएको थियोे ।