
सत्यनारायण शर्मा
नेपाल सरकारले धेरै वर्ष देखि ताप्लेजुङको मन्दिर जान केवलकारवनाउने प्रयास गरिरहदा सरकार असफल हुदै आएको छ । यस वर्ष पनि वर्तमान सरकार जुनै पार्टीको सरकर भएपनी विकासको काम गरिरहेको छ भने विपक्षी पार्टीले पनि सर्मथन सहयोग गर्नु जरुरी छ । काम गर्न खोजेको सरकारले विकासको नाममा भ्रष्ट्राचार गर्नु भएन । इमानदारी पुर्व भावी सन्तानको लागी ऐतिहासीक काम गर्न खोजेको छ भने गर्न दिनु पर्छ । कुनै पनि कामको विका भइसके पछि त्यसको फाइदा देखिन्छ ।
तापलेजुङको पाथीभरा मन्दिर दशर्न गर्नजनेले कष्ट गरेर ३ घण्टा अग्लो पहाड हिडनु पर्ने वाध्यता छ । पाथीभारा मन्दिरको दर्शन गर्न जान नसक्ने वुढापाखा अश्कत , वालवालीका , गर्भवती महिलाले मन्दिरको दर्शन गर्न पाउने उसको अधिकार छ की छैन । केही पैसावलाहरु तिन घण्टा नहिडेर त्यहाका स्थानीय भडीयाले पर केजी ८० रुपैयाको दरले मान्छे वोकने व्यापार व्यवसायी गरिरहेका छन । मान्छे वोकने के यो व्यापार राम्रो हो । पैसा हुने धनी मानिसले पैसा तिरेर दशर्न गर्न सक्छन तर गरिवले भगवानको के विगारेका छन कि उसले दशर्न गर्न नपाउने । के धनी मानिसका मात्र पाथीभार माता हुन । मान्छेले मान्छे वोेर कहिले सम्म गुजारा गर्र्ने ।
जव सम्म रिर तन्दुरस्त रहन्छ तव सम्म मात्र होइनर । मान्छेले मान्छे वोक्ने स्थानीय कति जनाले रोजगार पाएका छन ? वढीमा एक दर्जनले रोजगार पाएहोला । त्यहा केवलकार वनेमा त्यहाको मानिसले मन्दिर अगाडी फुल ,नरिवल ,जडिवुटी ,लालीगुरासको फुल ,मिठाई , आफनो वारीको खेतीको फलफुल , तरकारी ,कागती ,टमाटर , घिउ ,महि ,पनिर ,चिज जस्ता वस्तु वेचेर करोडपती हुन सक्छन । दश विसवटा होटल , लज वन्न सकछ । एउटा होटलमा १० जना कर्मचारी ले रोजगार पाउने होला । कोदोको मदिरा , लालिगुरासको लोकल मदिरा , जडिवुटीले वनेको मदिरा दैनिक हजारौ लिटर विक्री हुनसक्छ । हो केवलकार वन्दा सयौ हजारौ लालिगुरासको फुलको रुख काटनु पर्ने हुन्छ । विकासकोलागी केही रुख काटनु पर्छ भने काटन दिनु पर्छ ।
के वरोनीवाट नेपाल र नेपालको कुलेखानीवाट भारत लाइन विजुली सपलाई गर्दा लाखौ सखुवाको रुख किन जनताती आदीवासीले काटन दिए । विजुली के विकास होईन । हुनत लालिगुरास नेपालको राष्ट्रिय फुल हो । तर राष्ट्रिय फुलको वोट काटनु पर्छ भने कुनै पाप लाग्दैन । हुनत नेपालको राष्ट्रिय जनावर गाई हो । आफुलाई कटर हिन्दु हु भन्नेहरु घर गोठमा गाई पालछन । गाइको दुध १० वर्ष १५ वर्ष सम्म स्वाद मानेर खान्छन ।तर त्यही गाई वुढो मर्ने वेला भयो भने हतार हतार मुस्ली व्यापारीलाई खोजेर विक्री गर्दै आएका छन । त्यो कुरा हामी हिन्दुहरुले विर्सनु हुदैन । जुन गाईलाई हरेक गाई तिहारमा लक्षमी भनेरपुजा गरियो , जुन आमाको कोखवाट पाइदा भइयो वुढो भएपछी त्यही लक्षमी त्यही आालाई पैसामा वेचन यो कहाको नियाय हो । नेपालमा जतिपनी गाई गोरु विक्रीहुन्छ ति सवै भारत र वङला देश मासु खाने उदेश्यले लाने गरेका छन यो कुरा हामी सवै नेपाली सवै हिन्दुलाई थाहा छ ।
अव कुरा जातीको आयो पहिचानको कुरा आयो । केही २१ औ सतावदीमा पनी मान्छे वोकने काम गरिरहने हो । के हामी २१ औ शतावदी वाट फर्केर १७औ युग जङली युगमा फर्कीने हो भने विकासको नगर्दा पनि हुन्छ । हामी छोराछोरीलाई कीन डाक्टर प्रोफेसर ,ईन्जीनीयर वैज्ञानीक वनाउने । धर्म सास्कृती पहिचानले खान पग्दैनर ? मान्छे वोकने मानिसको जिउमा आङभरी लुगा हुदैन । मान्छे वोकनेले जिच , मारुती , मोटर साईकल कहिले चलाउने । मान्छे वोकनेले आफना छोरा छोरीलाई कहिले डाक्टरवनाउने ? त्यहाका गरिव सधैभरी गरिव भईरहने टाठावाठाहरु गाउ छोडे वसाईसराई गरेर कोही मनत्री भए कोही सहरमा ५ –६ वटा जिल्लै पिच्छे दुई चार तल्ले घर खरिद गरेका छन । टाठावाठाहरु आफनो भोटकोलागी सोझासिधा मानिसलाई उचालेर मर्न वाध्य गराउने मरेको लाससंग नेताहरुले कमिसको वार्गेनीगर्ने लेनदेन गर्ने फाईदा नोक्सानको हिसाव किताव गर्ने यो कस्तो फोहरी राजनितीक गरेको होला । हुनत म पनि लेखक स्तवकार त्यही पाटीस.ग जुडेको छु । यो मेरो पार्टीको विचार होई यो मेरो निजी विचार हो ।