
विराटनगर क्षेत्र भित्र रहेको रानीमा निर्माणधिन स्वागतद्वार तथा आकाशेपुल निर्माणको काम ओझेलमा परेको छ। ठेकेदार कम्पनीको लापर्वाहिका कारण र सरोकारवाल निकाई मोनवसेका कारण स्वागतद्वारा तथा आकाशे पुल निर्माणको काम एतिवेला ओझेलमा परेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चैत ७ गते मंगलवार रानीमा स्वागतद्वार तथा अकाशेपुलको शिलान्यास गर्नुभएको थियो ।
आकाशेपुल निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय विराटनगरले ह्याबिटाट आशिषदीप जेभीसंग ठेक्का सम्झौता गरेको थियो ।
सम्झौता अनुसार २०७९ असार १४ गते सम्ममा ठेक्केदार कम्पनिले काम सकिनुपर्ने थियो । तर विभिन्न कारण वस अकाशेपुलको काम भने शिलान्यासमा मात्र सिमित रह्यो । अनुगनकारी निकायहरु यस विषमा बेखवर छन् । जनता जनार्दनलाई नगर सौन्दर्यकरण बनाउने, दुर्घटना न्यूनिकरण गर्नका लागि अकाशेपुल निर्माण गर्नलागिएको सर्वसाधारणले सुनेकोपनि वर्षोभयो । तर अकाशेपुल अहिलेसम्म निर्माण हुन सकेको छैन् । यता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चैत ७ गते मंगलवार रानीमा अकाशेपुलको शिलान्यास गर्नुहुँदै समयमा नै निर्माण काम सम्पन्न गर्न ठेक्केदार कम्पनिलाई निर्देशन गर्नुभएको थियो ।
मुख्य मन्त्री कार्कीले अकाशेफुलको शिलान्यास गरेलगते ठेकादार कम्पनीले कामथालेको एक वार्ष नहुँदै काम फेरी ठप्प छ । स्वागतद्वार तथा आकाशेपुल निर्माणको काम ठेकेदार कम्पनि र सरोकारवाला निकाईको मिलोमतोमा काम ढिला सुस्तीभएको स्थानीय राजेश गुप्ताले आरोप लगाएका थिए ।
स्वागतद्वार तथा आकाशेपुल निर्माणको विषयमा शहरी विकास तथा भवन कार्यालय कोशी प्रदेशका निमित प्रमुख सुरेन्द्र कुमार संवोसंग प्रतिक्रिया लिन खोजदा उनले प्रतिक्रिया दिन चाहेनन् । भने कोशी प्रदेश सरकार र सथानीय सरकार पनि यस विषयमा कुनै प्रतिक्रिया दिएन, । स्वागतद्वारा तथा आकाशे पुल २७ करोड ७६ लाख ४८ हजार लागत अनुमान गरिएकोमा ६ करोड २५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको थियो । सहरी विकास तथा भवन कार्यालयले ठेकेदारलाई २ करोड भन्दा बढी रकम भुक्तानी लिसकेका छन् । नगर सौन्दर्यकरण बनाउने, दुर्घटना न्यूनिकरण गर्न स्वागतद्वार एव अकाशेपुल निर्माण गर्नका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग संङठन मोरङसहित त्रिपक्षीय लागत साझेदारीमा स्वागतद्वार निर्माण गर्ने तय भएको थियो । अहिले विराटनगर र जोगवनी नाकामा स्वागतद्वार एवं अकाशेफुलको निर्माण काम ठप्प छ ।