
विराटनगर ,फागुन २० गते । बिराटनगर महानगरपालिका वडा नं १८ स्थित आसिपी रोडबाट युपि ८७ ,९१८१ नम्बरको ट्रकमा भन्सार पास गरेको भन्दा बढी मुल्यका सामनहरु रहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलिले ट्रक सहितको अंदाजी मुल्य रु ४५ लाख बराबरको इलेक्ट्रीक, फुड सम्पीमेट्री, कस्मेटिक, मेडीकल लगायतका सामानहरु सहित ट्रक चालक भारत बस्ने बर्ष ३५ को मो. अस्लामलाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागी राजश्वअनुसन्धान कार्यालय इटहरीमा नेपाल प्रहरीले बुझाईएको छ ।