
विराटनगर । नेकपा (एमाले) मोरङ जिल्लाको जिल्ला अधिवेशनवाट नयाँ नेतृत्वको लागि दुई दिनदेखि सहमती गर्न पहल गर्दा अफल भएपछी आज भएको मतदानमा ८८८ मत खसेको छ । बिहान साढे ९ बजेबाट शुरू मतदान केहीबेर अगाडि मात्रै सकिएको हो । मतदानका लागि तोकिएको अवधिमा ८८८ मत खसेको मुख्य निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । जिल्ला अधिवेशनमा ९११ जना मतदाता थिए जसम १६५ सदस्यीय नयाँ जिल्ला कमिटीमध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
नेकपा एमालेमा मोरङमा पाटी दुई समुहमा विभाजीत रहेको छ । मोरङमा केपी शर्मा ओलीको पक्षमा कम कार्यक्रता रहेको छ भने विधादेवी भन्डारीको समुहमा वढी कार्यक्रता रहेको देखिन्छ । विगतमा मोरङमा विनोद ढकाल ओलीको समर्थन थियो भने हाल आएर विधादेवि भण्डारकिो समुहमा रहेको छ । विनोद भण्डारी जुन समुहमा जानछन त्यो समुह वलीयो रहन्छ । मोरङमा विनोद ढकालको समुहको जित होला भन्ने संकेत देखिन्छ भन्ने कुरा एमालेका कार्यक्रताहरुको भनाई रहेको छ ।
मोरङ जिल्ला अधिवेशनमा पाटीको राष्ट्रिय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको साथ रहेको भनिएको पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समुह वाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । अब मतगणना भोलि बिहीबार बिहानदेखि मात्रै गरिने निर्वाचन समितिले जनाएको छ ।