मोरङमा ओली गुट पराजित राष्ट्रपती भण्डार गुटको विजय

विराटनगर, फागुन २३ गते । नेकपा एमाले मोरङको १० औँ जिल्ला अधिवेशनले अध्यक्षमा इत्तर पक्षका अजम्बर राईको प्यानल विजयी भएको छ । राईको यो जित राजनीतिज्ञहरुको लागि ठूलो सिकाइ भएको हो ।

सम्पूर्ण राज्य शक्ति संस्थापन पक्षका उम्मेदवार राजकुमार ओझालाई जिताउन सम्पूर्ण सामथ्र्य लगाएका बीच राईले प्यानलै जित्नु स्वभाविक होइन् । उनको जितले शक्ति, आशिर्वाद र निर्देशनको भरमा कसैले पनि कसैलाई स्विकार्ने र मतदान गर्ने अवस्था नभएको देखाएको छ ।

यो अधिवेशनमा सुरुमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देशसहित आएका पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहमतिमा नै ओझालाई अध्यक्ष बनाउने प्रयास गरेका थिए तर सकेनन् । उपाध्यक्ष थापासँगै उपमहासचिव प्रदिप ज्ञवाली, प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य हिक्मत कुमार कार्की, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जीवन घिमिरे, पूर्वजिल्ला अध्यक्ष, सांसद तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शराम बस्नेत, विराटनगर महानगरकी उपप्रमुख शील्पा निराला कार्कीलगायत केन्द्रीय नेताहरुले सम्पूर्ण शक्ति लगाएर ओझा प्यानललाई जिताउन खोजेका थिए ।