
विराटनगर । सप्तरी जिल्लाको सप्तकोसी नगरपलिका–१ फतेपुर खोरिया टोलका सर्वसाधारण बाघको आतंकदेखि त्रसित छन् । खोरिया टोललगायत विभिन्न ठाउँमा आतंक मच्चाइरहेको एउटा बाघलाई नियन्त्ररणमा लिए पनि फतेपुर जंगलमा अझै बाघ हुनसकिने स्थानीयहरुले बताएका छन् ।
फागुन १९ गते सोमबार बिहान करिब साढे ६ ः३० बजेतिर फत्तेपुरको रक्तमाला टोलमा छिरेको बाघले सर्वसाधारणको बाख्रा, हास परेवा, कुखुराको खोर भत्काइदिनेदेखि बालीनालीलाई नष्ट थिए । बाघको आक्रमणबाट ५ जना भन्दाबढी स्थानीयहरु घाईतेभएका थिए । बाघको आतंकले फतेपुर खोरिया टोलका सर्वसाधारण एतिवेला त्रासमय छन् । बाघको पहिलो आक्रमणबाट सप्तकोसी नगरपालिका वडा न १ रक्तमाला टोलका रिजन गोसाई, गणेश खत्री बढी घाईते भएका थिए । खत्रीलाई घर नजिकै बाघले आक्रमण गरि घाइते बनाएको पिडीत खत्रीको भनाई छ ।
उहाँको घाँटी, गाला, हात, ढाडलगायतको कोतारेर बाघले घाईते बनाएका थिए । खत्रीको घर नजिकै बाटोमा स्थानीय कृष्ण बिष्टलाई पनि आक्रमण गरि घाइते बनाएको थियो । बाघको आक्रमणबाट मोटरसाईकललाई समेत सखाप भएको छ । स्थानीय रक्तमाला मन्दिर छिर्ने गेट नजिक देखा परेको बाघले स्थानीयलाई आक्रमण गरि घाइते बनाएर बस्ति भित्रै ठाउ सर्दै बस्दै आएको थियो । बाघ पछिलो समय स्थानीय पर्शुराम खड्काको गाई गोठमा बसेको बाघलाई स्थानीयहरुले जालमा पारेर समाउन खोज्दा फेरी स्थानीय २ जना कान्छा भनेर चिनिने मिनबहादुर राइ र उदयपुरको बेलका नगरपालिका १ का गोपाल बिकलाई आक्रमण गरी घाईते बनाएको थियो । अहिले उनीहरुलाई राती गाउँमा बसन समेत समसया भएको छ । गाउँ नजिकेको जगंलमा बाघ दिनभरी बस्छन् र साझ पख बाघले गाउँमा पसेर आतंक मचाईरहेको छ । त्यसलाई स्थाीय सरकार सहित प्रदेश सरकार र संघिय सरकारले ततकाल बाघको आतंकबाट स्थानीयहरुलाई सुरक्षित राखन स्थानीय शिव आचार्य र सुरेश कुमार दाहालले आग्रहगर्नुभयो ।
खत्रीलाई आक्रमण गरि उम्किएर भागेका बाघ भरत विष्टको घरको प्यासेजमा पसेको बाघलाई स्थानीय र प्रहरीले घरको प्यासेजको ढोका लगाएर ततकाल थुनेका थिए । स्थानीय र प्रहरीले घरमा थुनेर राखेको बाघलाई नियन्त्रणका लागि खटिएको कोसी टप्पु वन्यजन्तु आरक्षण र राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रबाट आएको टोलिले बाघलाइ लट्याउने सुइ हानि नियन्त्रणमा लिएको सप्तकोसी नगरपलिका वडान। १ का वडाअध्यक्ष रोहिनी प्रसाद पोखरेलले जानकारी दिनुभयो ।उहाँले बाघबाट पीडितहरुलाई उपचारका लागि वडाकार्यालयबाट सहयोग गर्ने प्रतिवद्धता वयक्तगर्नुभयो ।
नियन्त्रणमा लिएको बाघलाई पर्सा बन्यजन्तु आरक्षणमा पठाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रले जानकारी दिएको छ । बाघको आक्रमणमा परि घाइतेहरुलाई स्थानीय फत्तेपुर पोलिक्लिनिकमा उपचार गरिएको थियो । घाईतेहरु मध्येय ३ जना घर फर्किएका थिए । भने थप उपचारका लागि खत्रीलाई विराटनगरको कोशी अस्पताल पु¥याएका थिए । कोशी अस्पतालको उपचारपछि उनी घर फर्किएका छन् । भने अर्का घाईते कृष्ण बिष्टलाइ उपचारको लागि इटहरी स्थित आर्मि हस्पिटलमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । यता तीने तहको सरकार भने यस विषयम बेखवर छन् । तस्र्थ सर्वसाधारणको धन–जन छतीहुन दिन ततकाल बाघ आतंक न्यूनीकरण गर्नेतर्फ तीने तहको सरकारले ध्यान दिने हो की रु