
विराटनगर । मोरङका किसानहरुले १० हजार हैक्टर क्षेत्रफल मा मकैखेति गरेका छन् । जुन अघिल्लो वर्षको भन्दा यस वर्ष ३० प्रतिशत बढी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिलो वर्ष भन्दा यस वर्ष मकै राम्रो फल्ने कृषकहरुको अनुमान छ ।
पछिल्लो समय कृषकहरु मकैखेति तर्फ आकर्षित भएको पाएको छ । लाखौं रुपैयाँ लगानी गरेर मोरङका अधिकांश किसानहरु मकैखेति गरेका हुन । तर उनीहरुले गरेको मेहनत अनुसारको लगानीमा सरकारको उपस्थिति भने देखिदैन् । यता भने मकै कृषकलाई सरकरले दिदैआईरहेको अनुदान समेत कटोती भएको छ । सरकारले अनुदान बापता मकै खेति गर्न प्रतिकट्ठा ५ सय रुपैयाँ दिने गरेको थियो । अहिले त्यो अनुदान पनि सरकारले नदिएको मकै किसान विनोद कुमार मण्डलको भनाई छ ।
कृषक मण्डलले १ विघा १० कट्ठा क्षेत्र फलमा मकैखेति गर्नुभएको छ । मकैखेति गर्न प्रति विघा ५० हजारदेखि ६० हजार रुपैयाँ सम्म खर्च हुन्छ । सरकारले किसानको जीवनस्तर माथि उठाउने कुनै पनि नीति अघि सार्न नसकेको मकै कृषकहरुको गुनासो छ । सरकारले ठूलो स्वरले नेपाल कृषि प्रधान देश हो, भने पनि अहिले सम्म कुनै पनि सरकारबाट अनुदान नपाएको अर्का कृषक कन्हैयालाल चौधरीलको भनाई छ ।
कृषक चौधरीले ३ विघा १५ कट्ठा क्षेत्र फलमा मकैखेति गर्नुभएको छ । यता कृषि ज्ञान केन्द्रकी बरिष्ठ वागवानी अधिकृत दीपा देवले मोरङका मकै किसानहरु मकै खेति १० हजार एक सय हैक्टर क्षेत्रफमा लगाई सकेको बताउनुभयो । हिँउदै र बसन्तै मकै खेतिको डटा आउन बाँकी रहेको छ, यो डाटा आयो भने ११ हजार हैक्टर क्षेत्रफलमा मकैखेति हुने उहाँले जानकारी दिनुभयो ।
मोरङका मकै कृषकहरुले अघिलो वर्ष ९ हजार हैक्टरमा मकै खेति गरेका थिए । अघिलो वर्ष मकैखेति गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले प्रोत्सानस्वरुप प्रतिकट्ठा ५ सय रुपैयाँ उपल्ब्ध गराएको थियो । १० कट्ठा भन्दा बढी मकैखेती गर्ने कृषकलाई मागका आधारमा उक्त रकम उपल्ब्ध गराएका थिए । मकै कृषकहरुका लागि उक्त सेवा यो वर्ष उपल्ब्ध नरहेको कृषि ज्ञान केन्द्रकी प्रमुख देवले बताउनुभयो । अहिले किसानहरुले हाईब्रिड मकै लगाएका छन् । कृषकहरुको जीवनस्तर माथि उठाउनेतर्फ सरकारको ध्यान जान जरुरी छ ।