माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरूभएको परिक्षा केन्द्रहरुमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्य क्षतामा गएको टोलीले मोरङको परिक्षा केन्द्रहरुमा निरीक्षण गर्नुभएको छ ।
देशभरी आजदेखि शुरूभएको माध्यमिक शिक्षा (एसईई) परिक्षालाई मोरङमा मर्यादित बनाउन उहाँको टोलीले विराटनगरको आर्दश माध्यामिक विद्यालयलगायतका विभिन्न परिक्षा केन्द्रहरुको निरिक्षण गर्नुभएको हो । निरिक्षणको क्रममा परिक्षा केन्द्रका केन्द्राअध्यक्षहरुलाई परिक्षालाई मर्यादित बनाउ उहाँले निर्देशन समेत दिनुभयो । परीक्षाको आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी यादवले मोरङमा ७० वटा रहेको परिक्षा केन्द्रमा परिक्षालाई मर्यादित बनाउन परिक्षा समय अबधिभरी प्रत्येक दिन परिक्षा केन्द्रहरुमा पुगरेर निरिक्षण गर्ने उहाँले बताउनुभयो ।
मोरङमा रहेको ७० वटा परिक्षा केन्द्रमा नियमित विद्यार्थी तर्फ १६ हजार २ सय १४ जना र ग्रेडबृद्धि १ हजार २ सय ४२ गरी १७ हजार ४ सय ५६ जना नियमित विद्यार्थीहरुले परिक्षा दिइरहेका छन् । भने प्राविधिक तर्फ नियमित ६ सय १० जना र गे्रडबृद्धि तर्फ ४१ गरी ६ सय ५१ जना प्राविधिक विद्यार्थीहरुले परिक्षा दिइरहेका छन् । खुल्ला परीक्षार्थी तर्फ नियमित १ सय १३ जना गरी १ सय १४ जना खुल्ला विद्यार्थीहरुले परिक्षा दिइरहेका छन् । मोरङमा जम्मा १८ हजार १ सय ७ जना विद्यार्थीहरुले परिक्षा दिईरहेका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गरिएको थियो ।
आज देखि एसईई परीक्षा सुरू
