
विराटनर चेत्र १० गते आइतवार । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिब शंकर पोखरेलले दुई दल मिलेर बनेको यो सरकार जनताको हितमा काम गर्नका लागि सरकार बनेको दावि गर्नुभएको छ । विराटनगरमा प्रेस चौतारी नेपालको १० औ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो दावि गर्नुभएको हो । जनताले चाहेको जस्तो लोकतन्त्र स्थापित हुन नसकेको उहाँले स्वीकारनु हुँदै २००७ सालको आन्दोलन नेपाली कांग्रेसले नेतृत्व गरेको चर्चागर्नुभयो । तस्र्थ नेपाली कांग्रेस एमाले मिलेको सरकार पहिलो सरकार होइन्, जनतालाई सार्वभौम सत्ता समपन्न बनाउनका लागि सरकार बनेको उहाँले दावि गर्नुभयो । नेपालमा लोकतन्त्र दुर्घटनामा प¥यो भने सवै नेपालीहरुले दुःख पाउछ, यसका लागि पनि ठूला दलहरु मिलेर सरकार बनेको उहाँले प्रष्टाउनुभयो ।
देशमा राजा फेरी आई हाल्छ, भन्ने भ्रम्म मात्र रहेको उहाँले प्रष्टाउनुभयो। अहिलेको नेपाली राजनीति अवस्थामा सबिंधान संशोधन नगरी कन केही हुदैन र यसको लागि दुई तिहाई अवश्यक रहेको उहाँले बताउनुभयो । अहिले मुलिकको अर्थतन्त्रलाई अगाडी बढाउने कुरामा दुई दलका सरकार लागिरहेको बेला सवैको साथ सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो । नेपाली समाजलाई समृद्धिको बिकासमा डो¥याउन आवश्यक रहेकोले नेकपा एमालेको संकल्प रहेको उहाँले चर्चागर्नुभयो । अबको बाटो समाजलाई सहिबाटोमा डोर्याउनु हो, संचार क्षेत्र पनि बिकास र समृद्धिलाई आत्मासाथ गरेर अगाडी बढान उहाँले सुझाव दिनुभयो ।
दुई वटा पार्टी मिलेर के गरियो भने तथ्यमा जानू पर्छ, अस्वभाबिक रुपमा जनताका जन अपेक्षाको रुपमा काम हुन नसको उहाँले स्वीकारनुभयो । एकता वद्धरुपमा नेतृत्व चयन गरेर प्रेस चौतारी नेपालले समाजमा राम्रो खालको सन्देश दिन उहाँले आग्रहगर्नुभयो । यो संगठनबाट चुस्त दुरुस्त हुनु पर्छ, सहमति भयो भने सबै अटाउन सकिने भएकोले सहमति र एकताबाट जान उहाँले सुझाव दिनुभयो । उहाँले संगठनका लागि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत काफी रहेको संकेत गर्नुभएको थियो ।कार्यक्रममा चोतारीसंग आवद्ध एक दर्जन भन्दा बढी पत्रकारहरुलाई प्रेस चोतारी नेपालले सम्मान गरेको थियो ।नेकपा एमाले मोरङका नेता विनोद ढकालले प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनले फरक सन्देश दिनुपर्ने बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेको प्यानललाई नै पराजित गर्दै एमालेको मोरङको अधिवेशनमा आफ्नो प्यानललाई जिताएका ढकालले प्रेस चौतारीले पनि फरक सन्देश दिन सक्नुपर्ने बताएका हुन् । जिल्ला अधिवेशनमा जस्तै ओलीले चौतारीको महाधिवेशनमा व्यक्ती तोकेर अध्यक्ष बनाउन निर्देशन दिएका छन् ।
त्यसैगरी र्का नेता विनोद ढकालले एमाले मोरङको दशौं जिल्ला अधिवेशनले देशैभर नयाँ सन्देश दिएको बताए । ‘एमाले मोरङको अधिवेशनको राष्ट्रव्यापी चर्चा छ । त्यो अधिवेशनले देशैभर अलग्गै सन्देश पनि दियो’, उनले भने, ‘प्रेस चौतारीको अधिवेशनले पनि फरक सन्देश दिन सक्नुपर्छ ।’ढकाल प्रधानमन्त्री केपी ओलीको विपकक्षी नेताको रुपमा देखा पेका छन । केही वर्ष पहिले उनी केपीको विश्वासीलो पात्रका रुपमा परिचित थिए । केही महिना अगाडी विराटनगरमा पर्व राष्ट्रपती विधादेवी भण्डारी आएर मोरङका नेताहरुसंग भेटघाट गरेपछी राजनैतीक माहोल परिवर्तन भएको थियो । जसको फल स्वरुप मोरङमा पार्टीको जिल्ला अधिवेशनमा कार्यसमितीमा सवै ढकाल गुटका जितेका थिए ।
‘ढकालले वोल्दै प्रेस चौतारीको अधिवेशनबाट नेतृत्व निर्माणका सन्दर्भमा सर्वसम्मत चयन गर्ने, सर्वसम्मति पनि प्रजातान्त्रिक अभ्यास हो’, उनले भने,‘सर्वसम्मत नभए लोकतान्त्रिक विधिमा जानुपर्छ । ढकालले इनडारेक्ट प्रेस चोतारीको राष्ट्रिय अधिवेशना पनि मेरो गुटनै जित्छ भनने संकेत गरका थिए ।