
विराटनगर, चैत्र २० गते
मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र १९ गते प्रतिबन्धित लागु पदार्थ सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ र १६ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका ५ का रोहित कार्कीलाई लागु पदार्थ स्कुफ, ८ बोतल, मोरङको विराटनगर महानगरपालिका १५ का ३७ बर्षीय प्रभात सिंह कटुवाललाई ब्राउन सुगर १ ग्राम ५ मिलिग्राम, मोरङको बेलबारी नगरपालिका ४ का ३० बर्षीय हर्कराज राई र ३० बर्षीय सुजन खवासलाई ५ ग्राम ६ मिलिग्राम पक्राउ परेको छ ।
त्यसैगरी ब्राउन सुगर सहित बेलबारी ४ का २३ बर्षीय सरोज राईलाई ५ ग्राम २५ मिलिग्राम लागु पदार्थ ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट चेकँजाचमा खटिएको प्रहरी टोलीले धरान उप महानगरपालिका ११ का ४८ बर्षीय बिर बहादुर भुजेललाई ३ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर, धरान ५ का २५ बर्षीय दिपेश लिम्बुलाई ट्याब्लेट ४ सय ६५ र क्याप्सुल ५ सय १५ सहित र अस्थायी प्रहरीबिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान १६ का १८ बर्षीय सुमन श्रेष्ठलाई ट्रामाडोल २ सय ७ क्याप्सुल र प्रतिबन्धित औषधी स्पास्पेन २ सय ६० चक्की सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागु पदार्थ सहित
पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई
रहेको छ ।