लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

विराटनगर । सुनसरीको कोशीगाउँपालिका १ र भोक्राहा नरसिंह गाउँपालिका ३ स्थितबाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २२ गते लागूऔषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी रामधुनी नगरपालिका ३ का २३ बर्षीय मो. जाविरलाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित, सप्तरी कन्चनरुप नगरपालिका ७ का २२ बर्षीय बिजय खडकालाई २ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर, नाईट्राभेट १५ ट्याव्लेट सहित, सप्तरी हनुमानगर कंकालिनी नगरपालिका १० का २४ बर्षीय रोहित मंडललाई २ ग्राम ४१० मिलिग्राम सहित र उदयपुर रौतामाई ७ का २८ बर्षीय पदम बहादुर मगरलाई २० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनि कारवाही भईरहेको छ । त्यसैगरी सुनसरीको धरानमा लागूऔषध गाँजा बोकेको कार नियन्त्रणमा सुनसरीको धरान उप महानगरपालिका १७ स्थितबाट लागूऔषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २३ गते बिहान ५ बजे लागूऔषध ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १७ स्थित बिष्णुपादुका जाने सर्दुखोलाको पुल नजिक चालक नभएको अवस्थामा रोकी राखेको बा. ९च १७६८ नम्वरको कारलाई संका लागी चेकजाँच गर्दा कार भित्र १०१ किलो ग्राम गाँजा बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भए संगै उक्त कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान गरिरहेको छ ।