जनता विगार्ने काम सरकारले गर्छ

सत्यनारायण शर्मा
सरकारले जनतालाई विगार्ने काम गर्दै आएको छ । सरकारको ठुस निति ,योजना कार्यक्रम नभएको कारणले सिधासोझा जनताले दुख पाउदै आएका छन । सरकारले समयमा कुनैपनि काम सम्पन्न गर्न नसकनुनै जनताले दुःख पाउनु हो । हुनत सरकारले देश राष्टको लागी काम नगरेर पार्टीकोलागी आफना नातागोताको लागी कार्यालयहरुमा भर्ना केन्द्र वनाएकोले आम जनताले दुःख पाउने गरेको छ । सरकारको मातहतको शिक्षक सेवा आयोगले हरेक वर्ष आफुलाई चाहिने जति शिक्षकको नियुक्ती शिक्षक सेवाआयोगवाटगरेको भए आज जनाले दुःख पाउने थिए । सरकारले आपनो डिष्नरीवाट करार, राहत,आन्शीक ,ज्यालादारी शव्दहरु हटाउनु पर्छ । यी शव्दको कारण जनताले दुःख पाएका छन । सरकारले आफना मान्छेलाई कार्यक्रतालाई फकाउन लोभयाउनको लागी यस्ता पदहरुमा केही समयकोलागी नियुतmी गर्ने गरेको छ । यस्तो पद यस्तो नोकरीको कुनै ग्यारेन्टी हुदैन । कुनै वेला पनि जारि खासीन सक्छ ।

नेपाली युवाको शरिरमा जोसजागर रहुनजेल सम्म रकारले काममा लगाएर लाभ लिने तर कह िवर्ष पछि नोकरी धरापमा पर्ने हुन्छ । त्यतिवेला सम्म त्यो कर्मचारीको उमेर ४० वर्ष कटिसकेको हुन्छ । नेपालमा ४० वर्ष कटेको नेपाली नागरिकले लोकसेवा भर्न पाउदैन । आज त्यही भएको ४० हजार शिक्षकहरुसंग । सरकारले १० वर्ष सम्म लोकसेवा , शिक्षक आयोगको परिक्षा गराउन सकेन । त्यो अवधिमा विधालयमा पढाई सुचारु त गर्नु प¥यो । पुराना शिक्षकहरु रिटायर हुदैगए । त्यो ठाउ खाली हुदै गयो । खालि भएको रिक्त पदमा नेताहरुले आफना नातागोता कार्यक्रतालाई रातारात प्रकृया पुरा गरेर न्युतmी गरे । लाखो शिक्षकहरुलाई यस्तो प्रक्रियावाट न्युतmी गरे ।

सरकारले केही वर्ष अगाडी यस्ता प्रकृतीका शिक्षकहरुलाई परिक्षा लिएर न्युतmी गरे । उतm परिक्षामा पास हुन नसकेका २० हजार शिक्षकहरु यतिवेला सरकारलाई घाडो भएको छ । शिक्षकहरुले काठमाण्डौ स्थ्ति राजधानीमा आन्दोलन गर्दै छ । शिक्षक आन्दोलनले राजनिती गतिविधीमा ठुलो असर पर्न सक्छ । माहोल विग्रेमा जेपनि हुन सक्छ । शिक्षक आनदोलनको नाममा देशि विदेशी ,गन्तन्त्रवादी , राजावादी , र, का एजेन्टहरुले माहोल विग्रान पनि सक्छ । त्यसैले समस्यालाई वार्ताको माध्यमवाट समाधान गर्नु जरुरी छ । सरकारले कुनै नि समसयालाई सधारण रुपमा लिनु हुदैन । यो शिक्षकहरुको आनदोलनमा अरु पार्टीका , संधसंस्था , नागरिकसमाज , स्वतन्त्रवादी , निजामती कर्मचारीहरुले पनि समर्थन गरेमा सरकारलाई धोधो पर्न सक्छ ।