महाविर पुनले वजारवाट उठाएको पैसा राज्यकोलागी के खर्च गर्लात ?

सत्यनारायण शर्मा
इन्जिनियर महाविर पुन इमानदार राष्ट्रवादी सच्चा राष्टशेवीको रुपमा चिनपरिचीत नाम हो । यो नाम नसुनेको नजानेको थोरै मानिस होला । महाविर पुनले नेपाललाई विकशित मुलक आफनो खुट्टामा उभिने वनाउन खोजेको छ । विरगन्ज स्थ्ति सरकारको वन्द रहेको कृषी ओजार कारखाना सञ्चालनमा ल्याउने उनको पहिलो प्राथमिकतामा रहेको छ । उतm कारखाना सञ्चालन गर्न उनले र उनको सुभचिन्तकहरु र उनलाई मनपराउने र उनको विचारवाट प्रभावित हुनेहरु उनको पछिलागेर उनले लेखेको २ सय पर्ने कितावलाई ५ सय देखि हजार रुपैयाँ सम्म जनताले पैसा हालेर खरिद गर्दै आएका छन । महविरको पुस्तकलाई पैसा हालेका होईन उनको विचारलाई जनताले पैसा हालेका छन ।

जनताले महाविर पुनलाई र उनको विचारलाई कसरी विश्वास गरे । उनले चाहेको काम गर्न सक्छ । सरकारी कार्यालय कुनै व्यतिmले मचलाउछु भन्दैमा कसरी चलाउन दिने । कार्यालय चलाउनको लागी उनले लोकसेवा पास गरेर आउनु प¥यो । महाविर पुनले देशभरी यो मेरो किताव वेचेर कृषी ओजार कारखाना सञ्चालन गर्छु भन्दा जनताले कसरी विश्वास गरे । महाविर पुनले जनतावाट उठाएको रकम सहि ठाउमा प्रयोग हुन्छ भन्ने के ग्यारेन्टी छ । पैसाको लागी जोकोही पनि लोभिनछन । पैसाकोलागी आफनै वुवाको ज्यान लिएको छ । पैसाकैलागी एकअर्काको हत्या गरेको अवसथा छ । के तपाई हामीले संका गर्ने ठाउ छ । के महाविर पुन पैसा संकलन गरेर आफनो निजी कार्यमा लगानी नगर्ला भन्ने कुरामा कतिको विश्वासनीयता छ । पुनले पैसा संकलन गरेर विदेश नजाला के भरोसा छ ? हिजोआज वजारमा विवरामीको नाममा केही सुहहरुले आफनो जिल्ला भन्दा वाहिरी जिल्लामा गएर चँन्दा उठाउने अभियानमा लागेको देखन पाउछौ ।

यस्ता प्रवृतीका केही समुहले पैसा संकलन गर्ने केही रकम विरामीलाई दिने र अरु वाँकी रकम जाडरक्सी खाएर रमाईलो गर्ने र आफनो निजी कार्यमा लगाउने गरेको घटनाहरु छयापछायापी छ । तर पनि जनताले कसरी विश्वास गरिहाल्छन । हामी नेपाली कति सोझा छौ । धेरै नेताले देश वनाउछु नेर भोट मागेर विजय पनि भए तर फकेर नआएको उदाहरण पनि छ । हरेक नेताले चुनावकोे वेला आफना चुनावि जस्तावेज एजेन्डा लिएर नमानसमा भोट माग्न जान्छन । तर आफनो एजेन्डा अनुसार कहिले काम हुदैन पार्टीको मुख पत्र हनुमान भएरकाम गर्छन । त्यसैगरी महाविर पुन यतिवेला स्वतन्त्र कुनै पार्टीमा नलागेको देखिनछ । जव नेत खराव हुन्छ तव यस्ता प्रवृतीका मानिस पार्टीको आड सहयो लिने गरेका छन । पार्टीको खोल ओढेर फाईदा लिने गरेको स्वर्थीहरु हाम्रो देमा यस्ता मानिसहरुको कमि छैन । त्य भित्र पुन पनि नपर्ला भन्न सकिन्न् ।