
विराटनगर, चैत्र २८ गते ।
विराटनगर । झापा र मोरङ जिल्लाको २ स्थानहरुमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ । चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका(३ घर भई हाल झापाको गौरादह नगरपालिका(५ बालुबथान बस्दै आएकी ५४ बर्षीया दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पुर्याएको थियो । यसका साथै चैत्र २७ गते दिउँसो साढे १२ बजे बर्षा संगै परेको चट्याङले लाग्दा साईकल कुदाईरहेका सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका(१ होक्लाबारी स्थित मामाघरमा आएका १२ बर्षीय बालक आबिस्कार बराल घाईते भएका थिए । घाईते उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको थियो ।