साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्म कर्फ्यू

विराटनगर । वीरगञ्जको छप्कैया क्षेत्रमा एक आपसामा झडप भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अहिले साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम शनिवार साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्म लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका हुन् ।

झडपपछिको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । झडपपछि वीरगञ्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

हनुमान जयन्तीको अवसर पारेर आयोजना गरिएको शोभा यात्राका क्रममा झडप भएको हो ।