
विराटनगर, चैत्र ३१ गते ।
झापा र इलाममा करेन्ट लागेर २ जनाको मृत्यू भएको छ । चैत्र ३० गते झापाको कनकाई नगरपालिका(१ का ६६ बर्षीय तारा बहादुर बिश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटोमानै मृत्यु भएको थियो ।
यसै गरी इलामको माई नगरपालिका ८ का ४६ बर्षीय मदन कुमार राई घरमा कोही नभएको अवस्थामा मोवायल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका थिए । घटना सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरीहेको छ ।