लागूऔषध सहित ६ जनालाई प्रहरीद्धरा पक्राउ

विराटनगर वैशाख ३ गते । मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिराटनगर महानगरपालिका १५ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले सुनसरी धरान उप महानगरपालिका १७ का ४० बर्षीय राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरी बराहक्षेत्र नगरपालिका ७ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गे सुनसरीबाट खटिएको प्रहरी टोलिले स्थानिय ३० बर्षीय बिकास भण्डारी र २३ बर्षीय सुसिल शेर्पालेलाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरी धरान उप महानगरपालिका १३ स्थितमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलिले भेडेटार बाट धरान तर्फ आउदै गरेको को २ ह ४७३९ नम्बरको अटो चेकजाँचको क्रममा अटो चालक धरान ४ का ४८ बर्षीय जोक बाहादुर राई, उनको छोरा ३० बर्षीय सुमन राई र सोहि अटोमा सवार धनकुटा साँगुरीगढी ३ का ३६ बर्षीय सुरज लिम्बुलाई १९ किलो लागू औषध गाजा सहित नियन्त्रणमा लिएको छ ।