
विराटनगर चैत्र ३ गते । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सकिएको छ । अहिले उम्मेदवारी फिर्ताको समय दिइएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्य आजै सकेर भोलि विहान मतदान गर्ने गरिको कार्यतालिका संशोधन गरिएको निर्वाचन अधिकृत दिपेश बास्तोलाले बताए ।
राती ११ वजेदेखि २ वजे सम्म मतदान गर्ने गरि कार्यतालिका प्रकाशन गरिए पछि प्रतिनिधिले चर्को विरोध गरेका थिए ।
महानगरको नयाँ नेतृत्वका लागि संगठन कमिटीका वर्तमान अध्यक्ष रोहित कोइराला र सचिव बलराम गिरी ९नविन० को नेतृत्वको अलग–अलग प्यानलवीच प्रतिष्पर्धा हुने भएको छ ।
कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्र शेखर विश्वासले उम्मेदवारी दिएका छन् ।
गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाई, उपसचिवमा हिमा मैनाली पोखरेल, हमित आजादको उम्मेदवारी परेको छ ।
अधिवेशनले ९१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा १५ मनोनित सहित ३१४ प्रतिनिधि सहभागि छन् ।