म अहिले सम्म ६ सय २९ पटक मलामिलाई निःशुल्क वोकने काम गरिसके ःकरिम

विराटनगरमहानगरपालिका ऐरियामा कुनै मानिस मरेमा मलामी निशरल्क रुपमा वोकने काम केहि वर्षदेखि नियमित रुपले गर्दे आएका एक गरिवका छोराको होलान जोकोहीले पनि चिन्न पाए भेटन पाए हुन्थ्यो जस्तो लाग्छ । उनले अहिले सम्म ६ सय २९ पटक मलामीलाई परोपकारघाट निशुल्क रुपमा पु¥याउने र ल्याउने काम गरिसकेका छन । त्यतिमात्र नभएर उनले सरकारी विधयालयका गरिव विधार्थीहरुलाई निशुल्क विधालय पु¥याउने र ल्याउने काम समेत केही वर्ष देखि गर्दै आएका छन । समाजमा केही धनी मानीसहरुले पागल पनि भन्ने गर्छन । तर उनको काम देखेर विराटनगरका ९० प्रतिसत मानीस खुशी छन । यी मानधनी मानीस को होला उनी धेरै टाढाका होइन । उनी विराटनगरमहानगरपालिका वडा नम्वर १ निवासी हुन । उनको नाम करिम अन्सारी हुन । करिम अन्सारीको जन्म विराटनगर वडा नम्वर १ पोखरीया भट्टा चौकमा वुवा नसिम अन्सारी र आमा मुनी खातुनको कोखवाट एक गरिव परिवारमा २०४५ सालमा जन्मेका थिए । उनिसंग जम्का भेटमा गरेको संक्षिप्त कुराकानीको सारसंक्षत प्रस्तुत गरिएको छ ।

–तपाई कहाँ सम्म पढनु भयो ?
म स्कुलको मुख हेर्न पाईन । मेरो गरिवीको कारणले पढन पाईन । स्कुलै जान पाईन । पछि म २०–२१ वर्षको उमेरमा साथीभाईहरु संग औपाचारीक शिक्षा हासिल गर्न पाए । अहिले म नाम ,ठेगान ,चिठीपत्र लेखन र पढन सक्छु ।
–तपाई यातायात क्षेत्रमा कसरी कहिले छिर्नु भयो ।
म १० वर्षको उमेर हुदा सहचालकको रुपमा ३ पाङग्रे टेम्पुमा काम गर्न सुरु गरेको थिए । २०६८ सालसम्म यस क्षेत्रमा काम गरे । म ७ वर्षको उमेर हुदा मेरो आमा वित्नु भयो । आमाले वजारमा डुलिडुली चुडा सिङगारको सरसामान विक्री गर्नु हुन्थ्यो । त्यही पेशाले घरपरिवारको गुजारा चलेको थियो । आमा विते पछि आर्थीक संकट लाग्यो, धेरै गरिवी लाग्यो । खान लाउने अवस्था थिएन । तर समाजले छिमेकीले उग्रेको वासी भात मलाई दिन्थ्यो , त्यही वासी भात खाएर वस्थे । म १० वर्षको उमेरमा घरवाट भागेर ईटहरीमा काम खोजन गए । ईटहरीमा म सानो १० वर्षको वालक भएकोले कसैले पत्याएन काम दिएन । काम नपाए पछि दिन भरी ईटहरी वजारमा १ महिना सम्म सडकपेटीमा सुते । दयालु मनिसहरुले माया लागेर कसैले १०–२० रुपैयाँ दिन्थ्यो । त्यही पैसाले खाने कुरा किनेर खाएर समय विताउथिए । एक दिन एउटा टेम्पुमा एउटा स्टाप नआए पछि चालकले साउजीलाई भने एही वचालाई लिएर जाउ भनेर मलाई टेम्पुमा काम दिनको ३० रुपैयाँमा काम दियो ।

– तपाई साधारण मानिसले वस कसरी खरिद गर्नु भयो ?
२०७० सालमा लघुवितवाट ५ लाख रुपैयाँ रिन लिएर एउटा वस खरिद गरे । अहिले ४ वटा वस छ ।
– तपाईले निःशुल्क रुपमा मलामि वोकनु पर्छ भन्ने कसरी मनमा लाग्यो । घाटाको सेवा किन गर्नु भयो ?
म पहिला अर्काको वसमा चालकको रुपमा काम काम ग¥थे । मलामी वोकने काम अरुले पनि ग¥थे तर कमिस खान्थे । मलामी वोकदा पनि कमिस खाने मेरो मनमा दाया लाग्यो । एक दिन मलाई एउटा फोन आयो करिम मलामी वोकछो ? वोकछु भने र घटना स्थल गए । भाडा कति लाग्छ सोधे । मैले भने भाडा ७ हजार हो । समाजका मानिसहरुले भाई ५ हजार लेउ भने म पनि हुन्छ भने । म मलामी वोकेर परोकार पु¥या पछि समाजले चन्दाँ उठाएर ५ हजार कलेक्सन गरेर मलाई पैसा दियो म भावुक भए । त्यो पैसा लिएर घर आए पछि मलाई २ दिन सम्म निद्रा लागेन । मान्छे मद्रा मलामी वोक्दा चन्दाँ उठाउनु पर्ने । मान्छेले धनसम्पती कमाएर आखिरमा एक दिन मर्नै पर्छ । लमरेको मान्छेले साथमा केही लिएर जादैन जस्तो मलाई लाग्यो । त्यपछि मेरो मनमा विराटनगरमहानगरपालिकामा एउटा काम जुन काम कसैले सोचेको छैन , कलपाना समेत गरेको छैन त्यो नमुना अभियानको रुपमा सुरुवात गर्ने मनमा उदधोष गरे । म २०७९ साल पुष देखि मलामी निशुलक रुपमा वोकने काम सुरुगरे । अहिले सम्म मैले ६ सय २९ पटक मलामीलाई परोपकार घाटसम्म लाने ल्याउने सेवा प्रदान गरिसकेको छु ।

–तपाई मुसलिम भएर हिन्दु धर्मालम्वीहरुलाई पनि सहयोग गर्नु हुन्छ हो ?

होत म मुसलमान भएर पनि हिन्दु धर्मालम्वीहरुको सेवा गर्न पाउदा धेरै खुशी लाग्छ । मैले केही वर्ष अगाडी चत्रामा कुम्व मेला लागेको थियो । त्यो कुम्व मेलामा प्रत्येक सनिवार मेरो ३ वटै वस निःशुल्क रुपमा विराटनगरवाट धर्मालम्वीहरुलाई वोकेर चत्रा पु¥याउने र ल्याउने काम पनि गरियो । यसरी कुम्व मेलामा ९ सय भन्दा वढी भकतजनलाई वोकने काम गरियो ।

–तपाई एक कक्षा पनि पढनु भएको छैन तर तपाई शिक्षा क्षेत्रमा पनि सेवा गर्दै आउनु भएको छ हो ?
म साचै एक कक्षा पनि पढैको छैन । विधालय सम्म जान नपाएको मानिस हु । मेरो गरिवीको कारण म पढन सकिन । म विराटनगरको सरकारी विधयालय जनता माध्यमिक विधालयमा पढने गरिव वालवालिकाहरुलाई विधालय पु¥याउने र ल्याउने काम केही वर्षसम्म गरे । म फेरी २०८२ साल वैशाख देखि विधार्थी वोकने कालाई नियन्त्राता दिने छु । विधार्थी वोकदा मेरो महिनाको ८० हजार रुपैयाँ खर्च छ । यो पैसा मेरो अरु पनि वस भएकोले अर्को वसको काईले यतातिर वेहोरने छु । मत पढन सकिन त्यसैले समयमा विधालय जान नपाएर पढनवाट कोही पनि वनचित नहोस भनेर यो अभियानको सुरुवात गरेको हो । मेरो अभियान भनेको समाजमा सदभाव , जातिय छुवाछुतको अन्त , समाजमा समान्ता कायम गर्नुनै मेरो पहिलो उदेश्य हो ।

–तपाई संग पैसा छ तर पनि तपाईले आफनो छोरा छोरीलाई वोडिङ नपढाएर सरकारी विधायलयमा किन पढाउनु हुन्छ ?
मेरो १ छोरा २ छोरीहरु छन । हो आजको दिनमा म संग पैसा छ । म आफनो छोरा छोरीलाई वोडीङ पढाउन सक्थे । तर म सरकारी विधालयमा पढाउछु । किन भने मलाई थाहा छ मलाई गरिविको अनुभुती छ । समाजको विकास परिर्वतन गर्नु छ, भने पहिला आफुवाट सुरुवात गर्नु पर्छ ।

–तपाई यसरी निःशुलक सेवा प्रदान गरिहरदा स्थानीय सरकार नगरपालिकाले केही पहल गरेको छैन ?
अहिले विराटनगरमहानगरपालिकाले मलामी वोकनकोलागी महिनको ३ सय लिटर डिजल दिएर सहयाृग गर्दै आएको छ । यसले गर्दा झन काम गर्ने सेवा गर्ने होसला वढेको छ । त्यसैले मैले सरकारी विधयालयको वालवालीका वोकने हिमत गरे । त्यतिमात्र कहाहोर अव समाजले सहयोग ग¥यो भने म केही समय पछि जेष्ठ नगरिक वोकने वतावरण मिलाउदै छु । जेष्ठनागरिकले पैसा तिरेर यात्र गर्ने दिन जानसक्छ ।

–अन्तमा कसैलाई केही भन्न चाहनु हुन्छ ?
म के भन्छु भने मान्छे जन्मीन्छन एक दिन मर्छन सवैलाई थाहा भएको कुरा हो । यो पृथ्वीमा रहुनजेलसम्म सवै जातजाति सवै धर्मका हिन्दु मुसलिमका मानिसहरु एक भएर भाईचाराको सम्वन्ध राखौ । समाजमा सदभाव , जातिय छुवाछुतको अन्त ,भेदभावको अन्त र समाजमा धनी गरिव सानोठुलो अन्त गरौं । सत्यनारायण शर्मा