
विराटनगर, वैशाख ६ गते ।
आज विराटनगर १२ मङलवारेहाट स्थ्ति श्री नवदुर्गा मन्दिर सेवा समितिको ५औं सधारण सभा सोही मन्दिरको प्राङणमा प्रमुख अतिथि वडा नम्वर १२ का वडाध्यक्ष हिरालाल कामतको अध्यक्षतामा कार्यक्रम समपन्न भएको थियो, । कार्यक्रम कोषाध्यक्षले आयविय पेश गरेका थिए । आर्थीक वर्ष २०८० –०८१ सालमा ४ लाख ६४ हजार ३६५ रुपैयाँ ५९ पैसाको खर्च देखाएको छ भने आर्थीक वर्ष २०८१ साल अषाढ ३१ गते सम्म २३ लाख ३३ हजार ४१७ रुपैयाँ मन्दिर निर्माणा खर्चभएको खर्च पेश गरेका थिए । मन्दिरको हाल छत ढलाई भइसकेको अवस्था रहेको छ । मन्दिर पुर्णरुपमा निर्माण भइसकेको छैन । आर्थीक वर्ष २०८२ –०८३ सालमा समितिले मन्दिर निर्माणकोलागी संघ तथा प्रदेश मन्त्रालयवाट ३० लाखको ,सा.सदकोषवाट १० लाख ,विराटनगरमहनगरवाट १० लाख ,जनसहभागीतावाट १० लाख ,वडा नम्वर १२ वाट ५ लाख र अन्यविविधवाट ५ लाख गरि जम्मा ७० लाख रकम जुटाउने पहल गर्ने भएको छ ।.
मन्दिरको आयोजक समितिले जग्गा दाता स्वर्गीय प्रहलाद प्रसाद अर्यालको जेठो छोरा अनिल अर्याललाई सम्मानपत्र दिई सम्मान गरेको हो । त्यसैगरी चन्दादाताहरुमा मणी कुमार,गायत्री अर्यालले मन्दिरलाई ५१ हजार नगद चन्दा सहयोग गरेकोले उहाहरुलाई मन्दिर समितिले सम्मनपत्र सहि सम्मान गरेको थियो । त्यसैगरी महाविर दास चौधरी ११ हजार ५ सय १० रुपैयाँ नगद चन्दा प्रदान गरेकोले उहालाई पनि मन्दिरले सम्मान गरेको थियो । त्यसैगरी फागु दासले १५ हाजार १११ रुपैयाँ चँन्दा दिएकोले मन्दिर समितिले उहालाई कार्यक्रममा सम्मान गरेको थियो । राजेश कामतले नगद २५ हजार ५० रुपैयाँ चँन्दा दिएकोले मन्दिरले कामतलाई ५औं सधारण सभामा सम्मानपत्र दिई सम्मान गरेको थियो । कार्यक्रममा मन्दिर समितिका सचिव सदानन्द कामतले लेखा समितिको र सचिवको प्रतिवेदन पढेर सार्वजनिक गर्नु भएको थियो । उपाध्यक्ष हरिप्रसाद भट्टराई , वडाध्यक्ष हिरालाल कामत ,जिवछ कामतले आफनो विचार व्यतm गरेका थिए । कार्यक्रम कुशेश्वर कामतको सभापतित्वमा सम्पन्न भएको थियो ।