
एजेन्सी
अफ्रिकी मुलुक कंगोमा जेलब्रेकका सिलसिलामा १५० भन्दा बढी महिला कैदीको बलात्कारपछि जलाएर हत्या गरिएको संयुक्त राष्ट्रसंघ ९यूएन०का प्रवक्ताले जानकारी दिएका छन् । गोमा सहरमा रहेको कारागारमा जेलब्रेकका सिलसिलामा भगौडा पुरुष कैदीहरूले आगजनी गरेका थिए ।
यूएन मानव अधिकार कार्यालयका प्रवक्ता सेफ मागांगोले सीएनएनलाई दिएको जानकारी अनुसार भगौडा पुरुष कैदीबाट बलात्कृत भएका १६५ जना महिला कैदीमध्ये धेरै आगजनीमा मारिएका हुन् । बलात्कृत भएका ९ देखि १३ जना महिला कैदीमात्र बाँच्न सफल भएका छन् । साभार रातोपाटी