
विराटनगर ,फागुन ४ गते । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०३ गते झापाको अर्जुनधारा नगरपालिका ११ स्थित अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २९ बर्षीय मनिष प्रधान र ४० बर्षीय बिरेन उराउको साथबाट ब्राउन सुगर १ ग्राम ७२० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी टाघनडुब्बाको प्रहरी टोलीले मोरङ पथरी शनिश्चरे नगरपालिका ८ का २४ बर्षीय दिपिन माझीलाई १ ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित झापा गाउँपालिका ४ बाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।