
विराटनगर । बुटवल सिद्धार्थनगर–८ की स्थायी बासिन्दा भई भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी क्याम्पसमा बीटेक पढिरहेकी प्रकृति लम्सालको मृत्यु प्रकरण विषयमा आज नेपाल भारतको सिमा जोगवनी वोडरमा नागरिक समाज संघसंस्थाहरुले विरोध कार्यक्रम गरेका छन । नागरिक समाजले भारत सरकारको विरुद्धमा नारावाजी गरेका थिए । उतm घटनाको अहिले चौतर्फी आवाज उठ्न थालेको छ ।
प्रतिनिधि सभा , राष्ट्रिय सभा लगायत विभिन्न राजनितीक दलका विद्यार्थी संघ संगठनहरुले सडकदेखी सदन सम्म आवाज उठाईरहेका छन् । उता राष्ट्रिय पार्र्टीहरुले पनि आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यसैक्रममा विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीहरुले मंगलबार विहान प्रदर्शन गरेका छन् । कलेज परिसरबाट निस्कीएका विद्यार्थीहरुले घटनाको सत्यतथ्यसहित उचित छानविन हुनुपर्ने माग गरेका छन् । कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालय नजिक रोडशेष चौकमा विद्यार्थीहरुले भारत सरकारको विरोधमा नारा लगाएका थिए । त्यससँगै नेपाल सरकारले तत्काल नेपाली विद्यार्थीमाथि भईरहेको ज्यादती रोकेर प्रकृतिमाथि न्याय दिलाउन कुटनीतिक पहल लिनुपर्ने विद्यार्थीहरुले माग उठाएका छन् ।