
विराटनगर ,फागुन ७ गते । धर्म संस्कृतको रक्षाका निम्ति इस्कोन बिराटनगरले श्री जगन्नाथ रथयात्रा निकालेको हो। आज बिराटनगरमा भव्य कार्यक्रमको आयोजना गर्दै ईस्कोनले बिराटनगरले दोस्रो जगन्नाथ रथयात्रा निकालेको हो। रथयात्रा प्रारम्भ हुनु पुर्व अतिथी आशन ग्रहन तथा जगन्नाथ कथाको क्रम्मा एसिया र युरोपका भक्तजनहरुले धार्मिक तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो।
धर्म संस्कृतको जगेर्ना गर्नु, धार्मिक एकता कायम गर्नु, धार्मिक पर्यटनको आधार तयार गर्नु, समाजमा भाइचारा र आध्यात्मिक चेतनाको वृद्धि गर्नु, युवा पुस्तामा नैतिकता र धर्मको प्रेरणा गर्नु, आध्यात्मिक जागरण गर्नु र बिशेश सांस्कृतिक प्रदर्शन गर्ने उदेश्यले आज बिराटनगरमा दोस्रो जगन्नाथ रथयात्रा निकालिको इस्कोन बिराटनगरको सचिब भानुभक्त जोशिले बताउनु भयो। इस्कोन बिराटनगर जलजला चौकबाट निकालिएको रथयात्रा मेनरोड काली मन्दिर , पञ्मुखी हनुमान मन्दिर ,ट्राफिक चौक, रोड्शेष चोक, महेन्द्र चौक ,धरान रोड भृकुटी चौक , डिएसपी रोड , अतिथी सदन हुँदै पुन जलजला चोकमा विश्राम गरेको थियो । दोस्रो जगन्नाथ रथयात्रामा नेपाल लगायत भारत,थाईल्याण्ड , रुस गरि २० भन्दा बढी देशका ३५ सय भन्दा बढी भक्तजनको उपस्थित रहेको थियो। कार्यक्रममा कोशी प्रदेशको सभामुख अम्बर बहादुर बिष्ट, कोशि प्रदेश सभा सदस्य भिम पराजुली लगायत विभिन्न राजनीतिककर्मी सुरक्षाकर्मी, उद्योगपति लगायतको उपस्तिथि रहेको थियो।