
विराटनगर, फागुन ८ गते । सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ७ गते दिउँसो को २० प ७४४६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप महानगरपालिका ४ का २७ बर्षीय सुरज कुमार ठाकुरलाई कोशी गाउँपालिका १ भन्सार टोल स्थितबाट ८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित नेपाल प्रहरीले समाएको थियो ।
लागू औषध नियन्त्रणव्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो भने धरान उप नगरपालिका ३ का ३१ बर्षीय कमल सहनी २ ग्राम ९ सय मिलिग्राम सहित पक्राउ परेका थिए । यसैगरी फागुन ७ गते राती गोप्य सुचनाको आधारमा प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका ११ स्थितबाट भोक्राहा नरसिंह गाउँपालिका १ का २० बर्षीय ईव्रान मन्सुरीलाई १ सय ५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।