
सत्यनारायण शर्मा
यो समय भनेको वसन्त रितो हो । केही हप्ता भयो जाडो मोसको अन्त भई गर्मी लागेको छ । यो गर्मी सिजनमा खास गरेर तराईमा आगजनी भएर लाखौं करोडौंको धनमाल सम्पती नष्ट हुने गरेको छ । तराईमा मात्र नभएर पहाडि जिल्लामा पनि केही वर्ष देखि हावाहुरीको कारणले वजारके वाकलो वस्तीमा आगलागी भई पुरै शहरनै नष्ट भएको घटनाहरु भएको छ । पहाडी जिल्लामा हावाहुरीको कारण जंगलमा डडेलो लाग्दा पुरै जंगल नष्ट भएको घटनाहरु ताजगीनै छ ।
त्यसैले हावाहुरीवाट वचनकोलागी घरको संरचना वलियो वनाऔं । हावाहुरी चल्न थालेपछि क्ष्यालढोका थुनौं । छानालाई राम्ररी हुक तथा तारले कसेर वाधौं । छतका गमला सुरक्षित रुपमा राखौं । जस्तापाता लगायतका वस्तुहरु खुल्ला र जथाभावी नछाडौं । हवाहुरीचलेको समयमा सवारी साधन रोकेर सुरक्षीत स्थनमा वसौं । हवाहुरीवाट हुने क्षति कम गर्न पुर्व तयारी एंव सर्तकर्त अपनाऔं । तयसैगरी आग्लागीवाट वचनको लागी जुनसुकै स्थानमा ध्रुमपान नर्गनुहोस ,ध्रुमपान गरिसकेपछि तोकेको स्थानमा आगो निभाएर मात्र फाल्ने गरौं । सलाई , लाईटर मट्टीतेल र गयास जस्तो आगो लाग्ने सामग्रीलाई वच्चाहरुको पहुँवाट टाढा राख्ने गरौं ।
ग्यास विजुलीको स्वीच , मल्टिप्लकको प्रयोग गरिसकेपछि अनिवार्य रुपमा वन्द गर्नुहोस , गाँउघरमा खाना पकाइसकेपछि आगोलाईराम्रो संग निभाउनुहोस । हावा चल्ने समयमा वाहिर चुल्लो नवाल्नुहोस , आगो लाग्ने समय भएकोे विशेष सावधानी अपनाउनुहोस । घासँदाउराको लागी जंगलमा जाँदा आगो लाग्ने सामग्रीहरु पुर्ण रुपमा निषेध गर्नुहोस । गर्मी समयमा रोग लाग्ने वढी सम्भावना हुन्छ । त्यसैले दुषित पानीका कारण हुने रोगप्रति सजग रहौं । फोहर पानी पिउनाले झाडापखाला , हैजा , टाइफाईड , आउा जण्डिसजस्ता रोग लाग् सक्छ त्यसैले खोला, धारा वा मुलको पानी सिधै नपिऔं । पानी उमालेर मात्र पिऔं । उमाल्न सम्भव नभएमा करण गरेर मात्र पिऔं । पिउने पानीलाई सफा भाडाँमा छोपेर राखौं र सफा र सुरक्षीत राखैं । पानीको स्रोत र मुहनलाई सफा राखौं ।
खानेपानीको मुहान तथा स्रोतमा गाईवस्तु चराचुङी तथा अन्य जीवजन्तु छिर्न नसक्ने गरी तारवार गरौं । पानीको मुल पानी प्रशोधन यन्त्र तथा पानीभण्डारण गर्ने ट्याङकी , धाराको टुटी तथा पानी संकलन गरिएका भाँडा समयसमयमा सफा गरौं । संक्रामक रोगवाट वचौं र वचाऔं । मलेरिया , कलाजर , डेंगु , हेजालगायतका विभिन्न संक्रामक रोगहरु फैलिन सक्दछन । संक्रामक रोग फैलाउने झिंगा , लामखुट्टे , भुसुना आदिको नियन्त्रण गरौं । संक्रामक रोगवाट वच्न शुद्ध र उमालेको पानी पिऔं । वासी तथा सडेगलेको खाना नखाऔं । घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऔं ।