अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता

लियो क्लब अफ बिराटनगर सेन्ट्रल मेघाले अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।

विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी लियो क्लब अफ बिराटनगर सेन्ट्रल मेघाले हिसान मोरङको सहकार्यमा फागुन १६ गते बिराटनगरमा अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्आर्न लागेको हो । हिसान मोरङको सहकार्यमा फागुन १६ गते बिराटनगरमा आयोजना हुन लागेको अन्तर कलेज हाजिरी जवाफ प्रतियोगितामा मोरङका दुई सामुदायिक कलेज सहित १२ वटा कलेजले प्रतिस्पर्धामा भागलिने आयोजकले जनाएको छ।

विद्यार्थीहरुको बौद्धिक बिकास संगै ज्ञानको आदानप्रदान र आपसी सहयोगलाई प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागेको लियो क्लब अफ बिराटनगर सेन्ट्र्ल मेघामा पुर्व अध्यक्ष मनोज तिवारिले जानकारी दिनुभयो। उहाँले प्रतियोगितालबाट युवाहरुले अनुसन्धानमुखी बनाउँदै वर्तमान
विश्वपरिस्थिति, विज्ञान, प्रविधि, इतिहास, खेलकुद, साहित्य, कला, व्यवसाय, नीति९नियम लगायतका विविध विषयहरूमा जानकार बनाउने उद्ेशयले प्रतियोगिताको आयोजना गर्न लागेको उहाँले बताउनुभयो।

पुर्व अध्यक्ष लियो क्लब अफ बिराटनगर सेन्ट्रल मेघा
प्रतियोगितामा प्रथम हुनेले नगद रु १६ हजार १ सय सहित ट्रफी, पदक, प्रमाणपत्र, गिफ्टह्याम्पर दिइने छ, भने दास्रो हुने टिमलाई नगद रु११ हजार १००, ट्रफी, पदक, प्रमाणपत्र, गिफ्टह्याम्पर प्रदान गर्ने पूर्वअध्यक्ष तिवारी जानकारी लिदनुभयो । । त्यसै गरि तृतीय हुनेले नगद रु।५ हजार १०० सहिद ट्रफी, पदक, प्रमाणपत्र, गिफ्टह्याम्पर दिईने उहाँले बताउनुभयो । सान्त्वनाले पदक, प्रमाणपत्र, गिफ्टह्याम्पर पाउने र सहभागी हुने सबै टोलिलाई प्रदान गरिने आयोजकले जनाएको छ ।