१९ गते हुने विराट गोल्डकप फुटवलको पुरा तयारी गर्न हम्मेहम्मे

विराटनगर, फागुन १८ गते  । ९ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरा तयारी भएको आयोजकले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

तर पुरा तयारी नभएको आयोजक भित्रकै केही सदस्यहरुको भनाई रहेको छ । १९ गते रात्रीकालीन फुटवलको तयारी १८ गते पररा तयारी गरिसक्नु प¥यो । तर शहिदरंगसालामा पहिले देखिनै कोशी प्रदेश खेलकुद विकास वोर्डको अआयोजनाम एक हप्ता देखि प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ शहिदमैदानमा सञ्चालन भइरहेको छ । १८ गते वेलका ८ वजेसम्म प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ले अन्तिम खेल हुनेभएको छ । विराट गोल्डकपले १९गतेकोलागी १८ गतेसम्म शहिद मैदानमा कुनै रङरोगन व्यानर ,प्रचारप्रसार ,हुडीङवोड ,मुख्य प्रायोजक लगात प्रायोजकहरुको विज्ञापन समेत टासने लेखने काम समेत गर्न भियाएको छैन ।

आयोजकले पत्रकार सम्मेलनमा विराट गोल्डकपको समाजिक सञ्जाल मार्फत ४० लाख मानिसले हेरीसकेको भइरल वनाइ प्रचारप्रसार गरेको उतm प्रचर प्रसार टिकटक मार्फत एउटा टिकटकमा एक सय अमेरकी डलर खर्च गरेको संयोजक नविन रिजालले वताउनु भयो । आयोजकले यस वर्षको मुख्य विजतालाई ११ लाख नगद पुरस्कारको व्यवस्था रहेको वताए । गत वर्ष विराट गोल्डकपको मुख्य विजता टोलीलाई २० लाख नगद पुरस्कार प्रदान गरेको थियो । विराट गोल्डकपमा व्यापारी र नेताको प्रवेस भएको करण वेलावेलामा गोल्डकपको छवि विग्रीदै गएको छ । यो पुरस्कारको विषयमा केटाकेटीको खेल भए जस्तो पत्रकारहरुको प्रश्न रहेको थियो ।

पुरस्कार कुनै वर्ष वढाउने कुनै वर्ष घटाउने भएकोले गोल्डकपको आयोजकहरुको महत्व घटदै गएको पत्रकारहरुको सुझाव रहेको थियो । पैसाको वलमा विराट गोल्डकपको पहिचान इतिहास मेटाउनु हुदैन भन्ने पत्रकारहरुको भनाई रहेको थियो । यो प्रतियोगिता विराट गोल्डकप हो तर विराट गोल्डकपको नाम निसाना लोप गर्न आयोजकले मुख्य प्रयोजकको नाम अगाडी राखेर रमपम गोल्डकप भनि प्रचार प्रसार नगर्न पत्रकारहरुको आग्रह रहेको थियो । विराट गोल्ड कप हाल सम्म डेढ करोड घाटामा रहेको वजारमा हल्ला मात्र हो भन्ने कुरा आयोजक रिजालले वताए पनि वास्तविक घाटा कति हो भन्ने कुरा वताउनु भएन ।

हरेक वर्ष उधोपति व्यापारीलाई ल्याएर गोल्डकप सम्पन्न गर्नु पर्ने वाध्यता कहिले सम्म । विराट गोल्डकपले कोषको व्यवस्थापन किन गर्न नसकेको भन्ने प्रश्न पत्रकारहरुको थियो । गोल्डकप सफल वनाउन आयोजकले लाखौं रुपैया हालसम्म समाजिक सञ्जाल मार्फ खर्च गरेता पनि विराटनगरको स्थानिय सञ्चारमाधयममा एक पैसापनी खर्च नगरेको आयोजकले स्विकारेका छन । प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । विगतका भन्दा यस पटक फरक तरिकाले गोल्डकप गर्ने विराट गोल्डकपका संयोजक नविन रिजालले बताए ।

विराटनगर सहिद रंग शालामा फ्लडलाइट्सको माध्यमबाट हुने रात्रीकलीन फुटबल प्रतियोगिता फागुन १९ गते उद्घाटन हुने भएको छ । उद्घाटन खेलमा विभागीय टिम त्रिभूवन आर्मी र पहुना टोली भारत कोलकाताको साउथर्न समिति फुटबल क्लबबीच हुने भएको छ । फागुन २० गते सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारतबीच हुनेछ ।त्यसैगरी फागुन २१ गते पहिलो क्वार्टरफाइनल खेल हुने भएको छ । पहिलो क्वार्टरफाइनल खेल आयोजक रिजालको मोरङ ११ र उद्घाटन खेलका बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २२ गते दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । नेपाल पुलिस क्लबले बाइ पाएको छ । सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बलको बिजेता टिमसँग पुलिसले सेमिफाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । फागुन २३ गते मच्छिन्द्र र थ्रि स्टार बीच हुनेछ भने फागुन २४ गते चर्च व्याइज फुटबल क्लब काठमाडौं र एन आरटी क्लब काठमाडांै बिच हुनेछ । फागुन २५ र २६ गते सेमिफाइनल खेल हुनेछ भने एक दिन ग्याप राखेर फागुन २८ गते फाइनल हुनेछ ।