
विराटनगर , फागुन १९ गते । सप्तरीको राजविराज नगरपालिका वडा नं ९ मलेठस्थित एक स्याउ गोदाममा एक सय वाेरा भन्द वढी गाँजा आज फेला परेको छ । दाम नजिकैको सडकबाट गइरहेका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दहालले सडक छेउको गोदाममा एक ट्रकबाट अर्को ट्रकमा शंकास्पद सामग्री अनलोड गरिरहेको देखेपछि शंका लागि सोधीखोजी गरेका थिए प्रजिअ दहालले गोदाम सञ्चालकलाई बोलाएपछि उनी आउनमानेन । त्यसपछि गोदाम फोडेर हेर्दा भित्र गाँजा फेला परेको हो । जहाँ एक सयभन्दा बढी बोरामा गाँजा राखिएको थियो ।
गोदाम भित्र सिट नभएको एउटा स्कर्पियो पनि फेला परेको छ । अहिले उक्त स्थानमा प्रहरीले घेरा हालेको छ । गोदामको खानतलासी भइरहेको छ ।