
रिाटनगर,फागुन २० गते । हिमालय दर्शन कजेल बिराटनगरले अन्तर कलेज पवजी प्रतियोगिता सम्पन्न गरेको छ। प्रबिधी मैत्री खेलको माध्यमबाट विद्यार्थीहरुको चौतर्फी बिकास गर्न शनिबार अन्तर कलेज पवजी प्रतियोगिता आयोजना गरेको हो। संसार प्रबिधी मैत्री बनिसकेको बेला विद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलाप संगै उहाँहरुको चौतर्फी बिकासका लागि प्रबिधि मैत्री प्रतियोगिता आवश्यक रहेकोले अनलाइन पवजी प्रतियोगिताको आयोजना गरेको हिमालय दर्शन कलेजको पृन्सिपल भरत सापकोटाले जानकारी दिनु भयो। सापकोटाले विद्यार्थीहरुलाई प्रबिधिमा दक्ष बनाउन र टिम बिल्डिङ क्षमताको बिकाशको लागि येस्ता कार्यक्रम आवश्यक रहेकोले यो प्रतियोगिता आयोजना गरेको बताउनु भयो।
प्रतियोगिता मोरङका १२ वटा र सुनसरी धरानको १ गरि १३ वटा कलेजले प्रतिस्पर्धामा भाग लिएको छ। अनलाइन खेलाउने उक्त पवजी प्रतियोगितामा एउटा कलेजवाट ४ जनाले खेल्न पाउने ब्यवस्था गरिएको छ। पवजी प्रतियोगितामा प्रथम हुने कलेजले नगद रु २१ हजार सहित ट्रफी पाउने छ भने दितृयले नगद रु १५ हजार , तृतीय हुने ले १० हजार र बेस्ट प्लेयर्सले ४ हजार नगद सहितको ट्रफी र प्रमाणपत्र पाउने सापकोटाले जानकारी गराउनु भयो।