
विराटनगर ,फागुन २० गते ।
विराटनगर ,फागुन २० गते । विराट गोल्डकपको दोस्रो दिन मंगलबार भएको खेलमा साविक विजेता विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफ आज विजय हात परेको छ ।
विराटनगरको सहिद रंगशालामा मंगलबार भएको दोस्रो दिन खेलमा एपीएफले भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले पराजित गरेको हो ।
निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । टाइबेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरेका थिए ।
दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृट बचाउ गरेका थिए ।
खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हाफदेखि आक्रमक खेल प्रदर्शन गरेको थियो । प्रतियोगिताको प्लेर अफ द म्याच एपीएफको गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए ।
विराट गोल्डकपको तेस्रो खेल बुधबार त्रिभूवन आर्मी र रिजालको मोरङ ११ बिच हुनेछ । लाई पराजी
प्रतियोगितामा बिदेशी दुई टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि रहेकोछ । यस पटक बिजेतालाई ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ पुरस्कार छ । आजको खेलमा दर्शक खासे उपस्थ्तिी रहेको थिएन ।