विराटनगर । मोरङको धनपालथान गाउपालिका स्थ्ति मायागन्स छोटी भन्सार कार्यालयले पनि चित वुझदौ राजश्व उठाउन थालेको छ । साउन महिनामा ३ लाख ३९ हजार ९ सय १६ रुपैया राजश्व उठाएको छ । त्यसैगरी भाद्र महिनामा १ लाख ५० हजार ५ सय ४छ रुपैया राजश्व उठाएको छ । असोज महिनाम २ लाख ६० हजार ९८ रुपैयाँ राजश्व उठाएको छ । कार्तिक महिनामा २ लाख ८८ हजार २६ रुपैयाँ राजश्व उठाएको छ । मंसिर महिनामा ३ लाख ७१ हजार ८ सय ४ रुपैयाँ राजश्व उठाएको छ । पुष महिनामा १ लाख ६० हजार ४ सय १७ रपैयाँ राजश्व उठाउन सफल भएको कुरा विराटनगर भन्सार कार्यालयका एक कर्मचारीले जानकारी गराएका छन ।