देव कुमारी शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार सम्झौता
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

;

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी तथा सुनसरी धरान उप महानगरपालिका १ निवासी ८४ बर्षीय धनन्जय आचार्य बीच कूल १ लाख ४२ हजार धनराशीको “देव कुमारी(शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार” को सम्झौता पत्रमा हस्ताक्षर भएको छ । माघ १८गते धरान १ स्थितमा भएको “देव कुमारी शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार” को सम्झौता कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फवाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी प्रथम पक्ष र पुरस्कार दाता धनन्जय आचार्य दोश्री पक्ष बीच सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
उक्त पुरस्कार कोशी प्रदेशका १४ वटै जिल्लामा बर्ष भरिमा प्रहरीको विविध कार्यहरुमा अति उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्ये उत्त्कृष्ट २ जना महिला र उत्त्कृष्ट २ जना पुरुष गरी बढीमा ४ जना प्रहरी कर्मचारी, सिनियर प्रहरी अधिकृत भए १ जना मात्रलाई विशेष प्राथमिकता दिई जनही ३५ हजार ५ सयका दरले प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष संस्थापक वा निजको प्रतिनिधीद्वारा यो नगद पुरस्कार प्रदान गरिने छ ।