
विराटनगर ,फागुन २२ गते । बिराटनगर राउन्ड टेबल १० ले नोबेल क्यान्सर अस्पतालको सहकार्यमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न महिला लक्षित कार्यक्रम गर्ने भएको छ। बिराटनगर राउन्ड टेवल १० ले आज बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २४ गते हुन लागेको गर्ल्स अन ह्विलस् प्रतियोगिता लगायत कार्यक्रम बारे जानकारी गराएको हो। नेपालमा भयावह रूपमा बढी रहेको क्यान्सर रोग सम्बन्धि प्रचार–प्रसारका लागि अन्तरास्ट्रिय नारी दिवसकै दिन आयोजकले महिलालाई लक्षित गरेर गर्ल्स अन ह्विलस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ। गर्ल्स अन ह्विलस ९ ट्रेजर हन्ट ० प्रतियोगिता १ सय २५ वटा स्कुटरमा २ – २ जना गरि २ सय ५० जनाको सहभागितामा सिटि प्यालेसबाट सुरु हुने छ। जसमा आयोजकले दिएको १० वटा संकेतको आधारमा प्रातियोगिले खेल खेल्दै पुन सिटि प्यालेसमा आएर प्रतियोगिता समाप्त हुने बिराटनगर राउन्ड टेवल १० का अध्यक्ष भास्कर सोनिले जानकारी गराउनु भयो।
सम्पुर्ण प्रतिस्पर्धा पार गरेर प्रथम , दोस्रो र तेस्रो हुने प्रतियोगीले १ लाख २५ हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक्सका सामान पुरस्कार जित्ने छ। त्यो संगै त्यही दिन सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा नृत्य कार्यक्रम , फेस पेन्टिङ , स्त्री ब्याण्ड लगायतको कार्यक्रम आयोजना हुने छन । कार्यक्रमबाट उठेको पैसा कटहरी स्थित रहेको श्री आधारभुत बिधालय र बिराटनगरको महेन्द्र माध्यमिक बिद्यालयलाई शैक्षिक सुधारको लागि हस्तान्तरण गर्ने आयोजकले जनाएको छ। विराटनगर राउण्ट टेबल १० ले आयोजना गर्न लागेको कार्यक्रमलाई नोबेल क्यान्सर अस्पताल विराटनगरले ७ लाख रुपैयाँ सहयोग गरेको छ । नोबेल क्यान्सर अस्पतालका डिपुटी डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डा। प्रदिप भण्डारीले नेपालमा महिलाहरूमा क्यान्सर रोगको भयावह अवस्था रहेको छ । त्यसमा पनि मुख्य गरी पाठेघरको मुखको क्यान्सर र स्तनको क्यान्सरको अवस्था भयावह छ ।
जुन रोग प्रारम्भिक चरणमा पत्ता लागेको खण्डमा पूर्ण रूपमा निको हुने भएकोले रोगको प्रचार–प्रसारका लागि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते शनिवार विराटनगरमा राउण्ड टेबल १० ले आयोजना गर्न लागेको गर्ल्स अन ह्विलस प्रतियोगितालाई सहयोग गरेको बताउनु भयो । प्रतियोगितामा सहभागिता जनाउने महिलाहरूलाई उक्त दिन निःशुल्क स्कृनिङ गरिने ब्यवस्था मिलाएको डा। भण्डारीले जानकारी गराउनु भयो