होली पर्वको अवसर पारेर गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन्

होली पर्वको अवसर पारेर गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन्
फागुन २२ गते सार्वजनिक यो गीतमा गायक तथा संगीतकार रुद्रसेनकै शब्द र संगीत रहेको छ भने गायिका समीक्षा अधिकारीले उनलाई स्वरमा साथ दिएकी छन् ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेनको शानदार अभिनय तथा नृत्य समेटिएको छ । ओम प्रसाईको छायांकनमा तयार गरिएको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन् ।

गायक रुद्रसेनले ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा भने, ूआर्यन सिग्देलले पहिलो पटक होली गीतमा अभिनय गरेका छन् । उनको अभिनयले यो गीतलाई झन् आकर्षक बनाएको छ।ू

गीत युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्महरूमा सुन्न सकिन्छ ।