
विराटनगर ,फागुन २४ गते । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज सपथग्रहण गराईएको छ ।
निर्वाचन कमिटीले पदाधिकारी तथा सदस्यहरुमा निर्वाचित तथा निर्विरोधहरुको घोषणा पछि सपथ गराईएको थियो ।
कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे लगायतको उपस्थितिमा सपथग्रहण कार्यक्रम गरिएको थियो ।
गत फागुन १७ गते शनिबारबाट शुरु भएको एमाले जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनमा अध्यक्षमा अजम्वर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झा निर्वाचित भएका थिए । निर्वाचनमा सर्वसम्मत हुन नसकेपछि दुई समूह चुनावी प्रतिष्पर्धामा गएको थियो ।
पदाधिकारीमा एमाले नेता विनोद ढकाल समूहको प्यानल नै विजयी भएको छ । पार्टी संस्थापन समूहको समर्थन पाएको राजकुमार ओझा नेतृत्वको पदाधिकारीका सवै उम्मेदवार पराजित भएका थिए । अधिवेशन शुरु भएको एक साता लामो अधिवेशनमा ९११ प्रतिनिधि भएपनि ८८८ मत मात्रै खसेको थियो । ७१ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।