
मदनमणि दीक्षित
नेपाली साहित्यमा जीवनी लेखनको अनिकाल परेको अवस्थामा नरेन्द्रराज प्रसाईले जीवनी साहित्यलाई मुख्य प्राथमिकता दिएका छन् । जीवनीलेखन शैलीलाई प्रसाईले आधुनिक ढाँचामा उभ्याएका छन् । उनको जीवनीलेखन सिद्धान्तले मान्छेको सोझो जीवनचित्र छर्लङ्ग्याउनुका साथै वैज्ञानिक पद्धतिको गुरुत्तर दैलो पनि उघारेको पाइन्छ ।
नरेन्द्रराज प्रसाईद्वारा लिखित ऐतिहासिक व्यक्तित्व ललितत्रिपुरसुन्दरी बारेको ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी’ पहिलो र महत्त्वपूर्ण पुस्तक हो । त्यसो त प्रसाईले यसभन्दा पहिले जीवनीका मात्र बाह्रवटा पुस्तक लेखिसकेका छन् । ९नरेन्द्रराज प्रसाईद्वारा लिखित जीवनीकृति २०८१ सालसम्म ३१ वटा र अङ्ग्रेजी भाषामा अनुवाद भएका वटा समेत ४० वटा कृति प्रकाशित भएका छन् ।०
ललितत्रिपुरसुन्दरीको जन्म संवत् १८५० मा भयो भनिएको छ । यद्यपि यो मितिबारे इतिहासकारहरूबिच एकै मत छैन ।
श्री ५ रणबहादुर शाहले बाह्र वर्षकी ललितत्रिपुरसुन्दरीलाई विवाह गरेर ल्याए । यो विवाह जनरल भीमसेन थापाको अग्रसरतामा भएको थियो । पर सर्नुभन्दा पहिले विवाहित ललितत्रिपुरसुन्दरी नै विधुवा भइन् । ललितत्रिपुरसुन्दरी श्री ५ रणबहादुर शाहकी पाँचौँ पत्नी थिइन् । इतिहाकारहरूले ललितत्रिपुरसुन्दरीको माइती थापा वा खड्का केचाहिँ हुन् भन्नेबारे विवाद गरे तापनि तिनी बगाले थापाकी छोरी थिइन् । उनी नेपाली हुन् भन्नेमा विश्वास गर्नुपर्ने देखिन्छ ।
रानी, राजामाता, देशभक्त, समाजसेवी, धर्मपरायण, साहित्यकार र लामो अवधिसम्म देशको नायबी रहेकी ललितत्रिपुरसुन्दरीले समर्पित भएर राष्ट्रसेवा गरेकी हुँदा नै राष्ट्रिय सङ्ग्रहालयमा तिनको धातुमूर्ति स्थापित भएको हुनुपर्छ ।
ललितत्रिपुरसुन्दरीका काठमाडौँ उपत्पकामा दुईवटा धातु मूर्ति रहेका छन् । त्यसमध्ये छाउनीमा रहेको मूर्ति कहिले बन्यो भन्नेबारे निश्चित भन्न सकिँदैन । तथापि संवत् १९९२ मा श्री ३ जुद्धशमशेरले काठमाडौँको छाउनीमा स्थापित गरेको राष्ट्रिय सङ्ग्रहालय ९म्युजियम०मा ललितत्रिपुरसुन्दरीको भव्य सालिक छँदै छ । ललितत्रिपुरसुन्दरीको ऐतिहासिक महत्त्व त्यसै सालिकबाट स्थापित भएको छ ।
ललितत्रिपुरसुन्दरी साँच्चै अद्वितीय सुन्दरी थिइन् । त्यसैले श्री ३ जुद्धशमशेरले तिनको भव्य सालिक राष्ट्रिय सङ्ग्रहालयमा राख्न लगाएका थिए । रानी, राजामाता, देशभक्त, समाजसेवी, धर्मपरायण, साहित्यकार र लामो अवधिसम्म देशको नायबी रहेकी ललितत्रिपुरसुन्दरीले समर्पित भएर राष्ट्रसेवा गरेकी हुँदा नै राष्ट्रिय सङ्ग्रहालयमा तिनको धातुमूर्ति स्थापित भएको हुनुपर्छ । राणाकालीन युगभन्दा अघि र पछि पनि उनको ठिक र उचित सम्मान र श्रद्धा गर्ने लहर चलेकै छ ।
ललितत्रिपुरसुन्दरीले काठमाडौँको त्रिपुरेश्वरमा शिवको भव्य मन्दिर बनाएकी थिइन् । त्यस परिसरमा अरू केही स–साना मन्दिरहरू पनि उनले बनाएकी थिइन् । त्यहाँ उनको सालिक र उनका विषयमा अभिलेख पनि राखिएको छ । ती सबै महत्त्वपूर्ण योगदान गर्नुका साथै ललितत्रिपुरसुन्दरीले महाभारतको शान्तिपर्व ९राजधर्म अनुशासनपर्व० लाई ‘राजधर्म’को नाउँले नेपाली भाषामा प्रस्तुत गरेर इतिहासमै श्रेष्ठता प्राप्त गरिन् ।
उनले संवत् १८८१ मा संस्कृत भाषाबाट नेपाली भाषामा ‘राजधर्म’ अनुवाद गरेकी थिइन् । यसबारे नरेन्द्रराज प्रसाई लेख्छन् — ‘राजधर्म’को अनुवादबाट ललितत्रिपुरसुन्दरी एउटी गतिली आख्यानकारमा स्थापित भइन् । त्यस कालमा न शिक्षाको प्रबन्ध थियो, न त नारीशिक्षामा बढावा थियो । त्यस बखत पढेर, लेखेर होइनस लेखक, कवि र पण्डितहरूसँगका सत्सङ्गतले उनी सर्जक बनेकी थिइन् । किशोरी वयमै उनीमाथि बज्रन गएको कठोर वैधव्यका कारण जीवनलाई हेर्ने अन्तर्मुखी र अध्यवसायी दृष्टिकोणबाट प्रेरित भई उनले ‘राजधर्म’को अनुवाद गरेको हुनुपर्छ भन्ने इतिहासकारहरूको मान्यता छ ।’
नेपालको इतिहासकी त्यस्ती अद्वितीय र बालविधुवा नारीबारेको कृति नइ प्रकाशनमार्फत नरेन्द्रराज प्रसाईद्वारा ‘प्रथम नारीसष्टा ललितत्रिपुरसुन्दरी’ प्रकाशमा आएको छ । आफ्नो सुकर्मद्वारा इतिहास बनाएकी ललितत्रिपुरसुन्दरीबारे इतिहासका पुस्तकहरूमा सामान्य उल्लेख मात्रै भएको पाइन्छ । त्यसैले ललितत्रिपुरसुन्दरीको इतिवृत्त लेखेर नरेन्द्रराज प्रसाईले आफ्नो निम्ति समेत उल्लेख्य प्रतिष्ठा कमाएका छन् । प्रसाईप्रति म आफ्नो हार्दिक पुष्पाञ्जली अर्पित गर्छु ।
९१४ भदौ, २०६४०