सशस्त्रद्धारा तस्करीको लाइन खुल्यो


विराटनगर ,फागुन २९ गते । मोरङमा केही हप्ता देखि विराटनगरको आसपासको सिमाक्षेत्रमा खुलेआम तस्करी सशस्त्र प्रहरीको मिलोमतोमा सुरु भएको छ ।

केही महिना देखि विरटनगरको रानी एरीयावाट तस्करी कडाईनै थियो । तर हालैदेखि सशस्त्र प्रहरी वल सिमा सुरक्षा आउटपोष्ट रानीको डिएसपी रिषीकेस राउतले यही दुई हप्ता देखि खुल्ला रुपले तस्करी गर्न तस्करहरुलई लाइन दिएको तस्करहरु वताउ छन । दुई महिना सम्म डिएसपी राउतले कपडाको लाई दिन मनेको थिएन । तर दुई हप्तदेखि कपडाको लाईन खुलेआम तस्करी गर्न दिएको छ । केही दिन अगाडी कपडा तस्तकहरुले वेलुका ७ वजे देखि ९–१० वजे सम्म कपडाको तस्करी पुरानो रानी भन्सार कार्यालयको एक नम्वर ढाटवाट हुन्थ्यो ।

अहिले केही दिनदेखि पुरानो रानी भन्सार कार्यालयको एक नम्वर ढाटको छेउको दिवाल स्वास्थ चेक जाँचको भवनको छेउवाट पख्राल हामफालेर कपडाको वोरा पोका नेपाल तर्फ फालेर विहान देखि वेलका राती सम्म तस्करी गर्न थालेका छन । एक नम्वर ढाटमा सशस्त्र प्रहरीको ६ जनाको डिउटी हुदा हुदै डिउटीकै अगाडीवाट तस्करी गर्दा डिउटीवला नदेखे जस्तो गर्ने सानातिना पोकापोकी घराइसी सरसामान चेकजाँचमा आफु व्यस्त देखाउने नाटक गर्दै आएका छन । कहिलेकाही सशस्त्र प्रहरीका इन्सिपेकटर समेतको उपस्थ्तिीमा तस्करी हुदा इीन्सपेकटर तस्करी हुने एरियावाट अन्त गए जस्तो आफु व्यस्त रहेको र सानातिनालाई हप्काउने समाउने कार्य गर्दै आएका छन । डिएसपी रिषीकेस राउतले कपडावाहेक खाध्यनको नाममा सवैप्रकारको सरसामानको तस्करी गर्न छुट दिएको थियो । त्यतिवेला तस्करले २५ जना फरक क्ष्मता भएका व्यतिmहरुलाई भारतवाट र विरगन्जवाट दैनीक ज्यालादारीमा खोजेर ल्याएका थिए । उनिहरुले तिनचक्के ठेलामा ५० हजार सम्मको महगा आइटमहरु वोकने गरेका थिए । यसरी काजु किसमिस ,जिरा, मरीच , मछडधुप पावर ,भुजीया, पापड , मोटर ,चिनी,मसुरीको दाल ,सावुन , सरफ, चकलेट ,आइसकृम पाउडर,प्रोटीन , गोटा खुर्सानी , धुलो खुर्सानी ,अविर , लोटसको कृम, चाईनीज वस्तु लगायतका सरसामान वोकने गरेका थिए ।

यस्ता फरक शारिरिक क्षमताका मानिसले दिनभरी वोकने गरेका छन । यीनीहरुलाई त्यसका मालिकले रिक्साको पछाडीवाट सिटी रिक्सामा चढेरलातीले ठेलेर गन्तव्य सम्म पु¥याउने गरेका छन । केही दिन देखि जव डिएसपीले कपडाको लाइन दिए तव देखि खाध्यानका तस्करहरुले पनि टाउकोमा वोराको वोरा वोकेर रानी वसपार्क सम्म ल्याएर वस वा टेम्पुमा हालेर विराटनगरको गन्तव्य सम्म ल्याउने काम भइरहेको छ । त्यसैगरी विराटनगर १७ मटरेवा प्रहरी पोष्टवाट खुलेआम दिनको ५० कुइन्टल भन्दा वढी वोइलर कुखुरा उतm वाटो भएर तस्करी भइरहेको छ । मटेरवा पोष्टमा सशस्त्र प्रहरीको डिउटी हुदाहुदै १० वटा मोटर साईकलमा प्रत्येक मोटर साईकलमा २४ वटाको दरले कुखुरा दिन भरी वोकेर तस्करी हुदा सशस्त्र प्रहरीले रोकने र समाउने काम समेत गर्ने हिमत गर्दैन ।

हुदाहुदै सञ्चार कर्मीको उपस्थ्तिीमा पनि प्रहरीले रोकने हिमत गर्दैन । किन भने कुखुराको तस्करीको लानको रकम हाकीमले खाएको कारण समाउन नसकेकोवताउछन । मटेरवा पोष्टकै पारीपटी भारतमा भारतीय व्यापारी एक चौधरी थरको व्यापारीले हरेक दिन सिलीगुडीवाट २ वटा मिनी ट्रकमा कुखुरा ल्याउने गरेको र उतm कुखुरा विहान देखि वेलुका सम्म नेपालको तसकरहरुले खरिद गरेर नेपाल ल्याउने गरेको स्थानीय वासीले मेरो नाम नछापी दिनु भन्ने सर्तमा वताए ।

यी कुखुरा तस्करी गर्नेहरुमा सुनील मण्डल , टिनकु चौधरी , फिरोज मियाँ , वेचन मियाँ लगायतले उतm वाटोवाट कुखुरा तस्करी गर्दै आएका छन । त्यसवापत प्रहरी प्रसासनलाई मोटो रकम खर्च हुने गरेको तस्करहरु वताउछन । मटेरवा वाटो भएर दैनिक ५० लाख भन्दा वढीको किराना सरसामान तस्करी हुने गरेको एक स्थानीयवासीले वताए । यसरी किरान सामग्री तस्करी गर्नेहरुमा मिनी खातुन , अङगुरी खातुन ,अहुदा खातुन ,सोनी खातुन किराना आटमका तस्करहरुको वादसाहको रुपमा चिन परिचित छन । यस विषयमा मटेरवा पोष्टका इन्चार्ज असायी सावीर मियाँ सँग प्रश्न गर्दा वोडर चोरीतस्करीको जिम्म सशस्त्रको हो , मुल गेटमा सशस्त्रकोडिउटी हुन्छ , उनिहरुले छोडे पछि वाध्यतावस हामीले छौडनै पर्छ । हामीसँग जनशतmीपनी धेरै छैन ।

त्यसैगरी सशस्त्र प्रहरी वल सिमासुरक्षा आउटपोष्ट रानीको डिएसपी रिसीकेष राउत सँग प्रश्न गर्दा उनले मैले अहिलेसम्म कसैलाई तस्करी गर्न दिएको छैन । मैलै कुनै गल्ती गरे जस्तो मलाई लाग्दैन तरमैले किराना आईटमलाई छुट दिएकै हो । त्यसमा पनि फरक क्षमता भएका मानिसहरुलाई तिन चक्के रिक्सामा गर्न दिएको हो । कुनै कुनै वेला डिउटीमा रहेको डिउटीवलाहरु लोभलालचमा परेर छोडने गरेको होला तर मैले थाहापाएमा कारवाही गाली गर्दै आएको वताए । राउत भने तस्करी नियन्त्रन गर्न डिएसपीले एकलै सक्दैन सवैको सहयोग चाहीन्छ । जतिवेला पनि वोडरमा डिएसपीले वसेर डिउटी गर्ने कुरा पनि होइन र सवैसँग निहु खोजेर पनि हुदैन सवै सँग मिलेर वस्नु पर्छ भन्ने आफना भनाई राखेका थिए ।