एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

 

विराटनगर । मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः ४५ बजे को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ । एम्बुलेन्स भने मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठानको हो ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले दुर्घटनामा एम्बुलेन्सका चालक बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको बताए ।

दुर्घटनामा परी गम्भीर घाइते अवस्थाका चालक राईलाई उद्धार गरेर उपचारका लागि विराट शिक्षण अस्पताल पु¥याएको थियो। इन्स्पेक्टर लम्सालका अनुसार अस्पताल पु¥याउनसाथ राति ११ः०५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन्।

तीव्र गतिमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एम्बुलेन्स आफैं अनियन्त्रित भइ ‘डीभाईडर’मा ठोक्किएर दुर्घटनामा परेको हुनसक्ने उनले बताए। एम्बुलेन्समा चालक मात्रै रहेको लम्सालले बताए।

दुर्घटनामा परेर क्षतिग्रस्त भएको एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ।