लागूऔषध ब्राउ सूगर सहित ६ जना पक्राउ 

 

विराटनगर । ,चैत्र ०३ गते ।
मोरङ, झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०२ गते विराटनगर महानगरपालिका(१५ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा धनकुटा शहिदभूमी गाउँपालिका(४ का ३१ बर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे(२ का २५ बर्षीय दिपक तामाङ, २६ बर्षीय मनिस तामाङ, २० बर्षीय रोहन निरौला, २६ बर्षीय मानब लिम्बुलाई ट्रमाडोल १८० क्याप्सुल, स्पासमिड ३७० ट्यावलेट र नगद ४९ हजार ५ सय रुपैया सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय कुमरखोद झापाले बिर्तामोड नगरपालिका(४ का अभिषेख साहलाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।