
विराटनगर ,चैत्र १३ गते । विराटनगरमा लगभग दुइ दर्जन जति अपाङता भएका नेपाली नागरिकहरुले विगत १५ वर्षदेखी तस्करी गरेर घरपरिवार चलाउदै आएको स.जय थापाले अफनो दुखेसो वताए । अपाङ हुनु अपराध होईन , भोलीका दिनमा जोकोही पनी हुन सक्छ । कोही जन्मजात अपाङ हुन्छ कोही पछी दुर्घटना भएर हुनेहो । अपाङता भएका मानिसहरु भन्छन पहिला इलाका प्रहरी कार्यालयका इनिसपेकटरले का गर्न दिन्थयो । पहिले विनोद केसरीले मासिक रुपमा प्रहरी प्रशासनलाई आर्थीक लेनदेन गरेको वेला हामीलाई काम गर्न दिएको थियो तर अहिले आएर केसरीले प्रशासनलाई आर्थीक लेलदेन गर्न छोडेपछि काम गर्न नपाएको गुनासो वताए ।
शसस्त्र प्रहरीले केही गर्दैन सहयोगनै गर्छ सरोज थापा वताउछन .. सरोज थापा १५ वर्षदेखि तिन चक्के रिक्सामा भारतको जोगवनी वजारवाट खाध्यान ल्याएर विराटनगरको वजारमा लुलीडुली विक्री गर्ने गरेको र एक पटकमा ५ सय सम्म फाईदा हुने गरेको वताए । उतm पेशा गरेर उनले ४ जना छोरा छोरी आफुदुई जन गरि जम्मा ६ जनाको परिवारके गुजारा चलाउदै आएको वताए । त्यसैगरी विराटनगर ५ निवासी वर्ष ४३ को डेरागरी वस्दै आएका रमेश साहले पनि विगत १५ वर्षदेखी तिन चक्के रिक्सामा तस्करी गरेर घर परिवार चलाउदै आएको वतए । उनको १ छेरा १ छोरी रहेको छ । उनी भनछन मेरो वंशज नागरिकता छ तर सरकारले वुलु काड दिएको कारण वर्षको ६ हजार मात्र भतmा पाउने गरेको वताए । त्यसैगरी विराटनगर ६ निवासी वर्ष ४० को सोनु दास पनि अपाङ भएकै कारण कहिकतै रोजगार नपाएर विगत १५ वर्ष देखि जोगवनीवाट तस्करीको सरसामान विराटनगर ल्याएर वेचेर गुजारा गर्दै आएको दुखेसो वताए ।
उनको ४ वटा छोरी एउटा छोरा छन । विराटनगर ६ निवासी वर्ष ४२ को जमुना राईले पनि १० वर्ष देखि यही तस्करी गरेर वालवच्चा पाल्दै आएको वताए । विराटनग कनचनवारी ४ निवासी वर्ष ३१ को मोहम्द कलाम पनि विगत १५ वर्ष देखी रिक्सामा तस्करी गरेर घरपरिवार पालदै आएको वताए । उनको ५ वटा छोराछोरी रहेको वताए । कसैके रोजगार छैन । म अपाङता भएको मानिसले कमाएर सवैको गुजारा गराउदै आएको दुखेको वताए । केही दिनदेखी प्रशासनले तस्करी गर्न नदिदा हाम्रो घरपरिवारको वेहाल भउको छ । पेटभरी खान पाएका छेन । वजारमा रिन कर्जा सापटी लिएर घर चलाउदै आएको वताए । त्यसैगरी विराटनगर ६ निवासी वर्ष ४५ का अरुन साह भन्छन म नेपाली नागरिक हु मेरो व.शज नागरिकता छ । तर पनि सरकारले कुनै प्याकीङ गर्ने काम दिएको भए म यस्तो तस्करीको काम गर्ने थिइन । साहको एक छोरी दुई छोरा छन । छोरी म जस्तै अपाङ छिन । यस्तो अवस्थामा मैले तस्करी गरेर सवै जना घर परिवारलाई पालदै आएको छु । हाम्रो दुख कसैले वुझदैन पत्रकारले मात्र वुझछन , त्यसैले पत्रकार सम्मेलन गर्न आएको वताए । त्यसैगरी विराटनगर ५ निवासी वर्ष ३२ को सरोज शर्माको पनी त्यसतै काहानी छ । उनको दुई सन्तान छन । सरकारकाले वुलु काड दिएको छ वर्षको ६ हजार मात्र भतता आउने गरेको छ। यो भत्ताले कती दिन खान पुग्छ ? तस्करी गरेर जिविका पार्जन गर्ने अधिकान्सको ढाड र खुट्टा नचलने समस्या रहेको छ । हातले रिकसा चलाउदै आएका छन ।
त्यसैगरी विराटनगर १४ निवासी वर्ष ४५ को विजय यादवले पनि विगत १५ वर्ष देखि यो पेशा गरेर वालवच्चा पलदै आएको वताए । उनको २ छोरा एक छोरी छन । विराटनगर १५ निवासी दिपक ढुङगाना पनि विगत लामो समयदेखि यही पेशा गरेर गुजारा गर्दै आएको वताए । तरकेही दिन देखि यो पेशा वन्द हुदा र्नुन वाचनु भएको छ । घरम एक किलो अनाज छैन । देनिक रुपमा काउने खरिद गरेर खाध्यान ल्याएर पकाएर खाने मेरोदिन चर्या हो । ढुङगानको ३ जना सन्तनहरु छन । त्यसैगरी विराटनगर ६ निवासी वर्ष ४०को रामकुमार सहनीको र्को कुनै व्यापार व्यवसाई छैन । यही पेशा गरेरघरपरिवारचलाउदै आएको वताए । उनको एक छोरा एक छोरी रहेको छ । मोरङको तेतरीया गाँउपालिका वडा नम्वर ५ निवासी वर्ष ४५ को यो तस्करी पेशामा २ वर्ष देखि लागेको वताए । यो पेशाले घर परिवार चलाउदै आएको वताई । उनको श्रमिन पनि अपाङनै छन । उनी भनछे प्रशसनले छुट दिदा दिनको हजार वाह्र सय दैनी रुपमा कमाई हाल्थे । तर कहिले हुन्छ कहीले हुदैन । वोडरमा ठुला हाकीम र पत्रकार आएको दिन काम गर्न दिदैन । पत्रकार गइसकेपछी मात्र काम गर्न दिने गरेको थियो । अहिले केही दिन देखि एक किलो समेत ल्याउन दिएको छैन ।
विराटनगर ११ निवासी वर्ष ४५ को पवन साह भन्छन म १५ वर्ष देखि यही पेशा गरेर घरपरिवार चलाउदै आएको थिए ।केही दिन देखि इलाका प्रहरी कार्यालयले वन्द गरि दियो । किन वन्द ग¥यो भने अव यो अपाङहरुको कारण प्रहरी वदनाम भयो । अपाङले महगा सरसामा र प्रतिवन्धीत सरसामान वोकेकै कारण वन्द गरेको इलाका प्रहरी रानीका इन्सिपेकटरको भनाई रहेको उनले वताए । सवै पिडीतहरु भन्छन जसले भाडामा भारतवाट रविरगन्जवाट नक्ली अपाङ ल्याएर काम गराउदै आएका छन , जसलाई टिपको ५ सय रुपैयाँ दिने गरेको छ । उनिहरुले जस्तोसुकै सरसामान वोकेकै कारण हाम्रो पेशाा असर परेको वताए । अहिले पनि ३ जना व्यापारीको १२ जना अपाङले दिनभरी काम गर्दै आएका छन । उनिहरुलाई काम गर्न नेपाल प्रहरीले दिने हामीलाई किनन दिने ?