
विराटनगर चैत्र २० गते । जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १ भट्टाचोकबाट सिटी सफारीमा चढी शनिमन्दिर चोकमा झरेर गएकोमा उक्त सिटीमा मेरो झोला र झोला भित्र नगद पैशा र आई फोन १३ मोवाइल समेत छुटेको हुँदा खोजतलास गरीदिनु हुन भनि विराटनगर मनपा ३ बस्ने सिता खड्काले यस जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन लेखि पेश गरेकोमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आज २० गते प्र, १ ०२००३ ह ६०९० नम्वरको सिटी विराटनगर मनपा १ स्थित चालकको घरमा निम्न सामन सहितको निलो रंगको लेडिज हेण्ड व्याग थान र नेपाली रुपैया नगद एक लाख फेला पारी सम्बन्धित धनीलाई बुझाईएको छ ।