
विरटनगर, चैत्र २० गते । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १९ गते राती ९ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले भेडेटार रवी राँके सडक खण्डमा को। १ च ३४७८ नम्वरको मारुती कारलाई शंका लागी चेकजाँच गर्दा कार भित्र कालो प्लाष्टिकले वेरेको १० पोकामा ३ सय किलोग्राम लागू औषध गाँजा वरामद भएको थियो । गाँजा बरामद भए संगै कार र चालक बिराटनगर महानगरपालिका १५ का २६ बर्षीय प्रिन्स कुमार साहलाई नियन्त्रणमा लिएको छ
। लागूऔषध गाँजा बोकेको कार सहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।